1 year ago
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाउन सफल भएका छन् ।
नेपालमा यसै महिना आयोजना हुने काभा महिला नेसन्स लिगको लागि छनोट भएको टोलीमा सुमित्रा र आरतीले पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट आधारभूत भलिबल प्रशिक्षण लिएर करिअर सुरु गरेकी थिइन् । छोटो अवधिमै घरेलु भलिबलमा प्रभाव छोड्न सफल उनी यसपटक टोलीमा सुरुवात गर्ने दावेदारी प्रस्तुत गरेकी छिन् ।
यता आरतीका लागि भने ५ वर्षपछि राष्ट्रिय टोलीको ढोका खुलेको हो । सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदकै समयमा बन्द प्रशिक्षणमा परेकी उनी अन्तिम टोलीमा समावेश भएकी थिइनन् । त्यसयता केही समय मोफसलकै क्लबमा बिताएकी उनले ३ वर्ष एपिएफबाट खेलिन् । गत वर्ष आर्मीमा भर्ती भएकी उनले त्यहाँ पुगेयता भने खेलमा सुधार गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेकी हुन् ।
नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी नियमित छन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्टसँगै युवा सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् ।

टोलीको प्रशिक्षण जगदीश भट्टले सम्हालिरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।
संघले आठौं प्रधानमन्त्री कप एनभिए लिगको प्रदर्शनको आधारमा प्रारम्भिक छनोट गरेर विभिन्न चरणपछि अन्तिम टोली छनोट गरेको हो । नेपालमै गत वर्ष भएको काभा नेसन्स च्यालेन्ज कपको टोलीबाट रिमा कुँवर र पुजा चौधरी भने यसपटक टोलीमा अटाएनन् । स्टार स्पाइकर प्रतिभा माली अझै चोटबाट ठिक नभएका कारण छनोटमा सहभागी भइनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]