default_image

1 year ago

July 24, 2024

स्यान्टु र मनिताले पेरिस ओलम्पिकमा झन्डा बोक्ने

517 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पेरिस ओलम्पिकको मार्च पासमा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रुपमा नेपालको झन्डा बोक्ने भएका छन्‌ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विज्ञप्ति जारी गर्दै स्यान्टु र मनिताले झन्डा बोक्ने जानकारी गराएको छ । शुक्रबार सुुरु हने ओलम्पिकमा स्यान्टु र मनिता सहित ७ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । स्यान्टु नेपालमै आयोजना भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् ।

यस्तै मनिताले एसियाली कोटाबाट ओलम्पिक खेल्ने मौका पाएकी छनोट भएकी हुन् । अष्ट्रेलियामा रहेर ओलम्पिक‌को तयारी गरेका स्यान्टु उतैबाट पेरिस गएको एनओसीले जनाएको छ । मनितासहित अन्य नेपाली खेलाडीबाट सोमबार काठमाडौंबाट पेरिस गएका हुन् ।

एथलेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा ओलम्पियनको अन्तिम दिन हुने भएकोले खेलाडी सन्तोषी श्रेष्ठसहितका अफिसियल साउन १५ गते त्यसतर्फ जाने बताइएको छ । ओलम्पिकमा‌ भाग लिने अन्य खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्‌ ।

विगतमा जस्तै टोलीमा खेलाडी, प्रशिक्षक भन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् । ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.