1 year ago
August 7, 2024
प्रकाश तिमल्सिना, काठमाडौं
नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ।
महिला भलिबल टोलीले अहिलेसम्म स्वदेशमा अन्तर्राष्ट्रिय भलिबलको उपाधि जितेको छैन । दोस्रो पटक नेपालले उपाधि जित्ने मौका पाएको छ ।
यसअघि सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारतविरुद्धको फाइनलमा जितको नजिक पुगेर पनि नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो।
फेरि उही संयोग जुरेको छ । सोही कोर्टमा आज काभा महिला नेसन्स लिगको फाइनलमा नेपालले भारतकै सामना गर्नेछ। गत वर्ष भएको काभा च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो।
यसपटक नेपाली टोली उच्च प्रदर्शन र मनोबलका साथ फाइनल पुगेको छ । लिग चरणमा भारतविरुद्ध ३-२ सेटको जित निकाल्दै नेपालले एतिहासिक सफलता हासिल गरेको थियो। २५ वर्षयता महिला भलिबलमा भारतमाथि नेपालको त्यो पहिलो जित हो ।

सन् १९९९ मा आठौं सागमा नेपालले पहिलो पटक भारतको सामना गरेको थियो। यसपटक नेपाली टोली लयमा छ । यद्दपी नेपालसँग पराजित भएपनि भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।
सेमिफाइनल भारत र नेपाल दुवैका लागि लिग चरण भन्दा सहज रह्यो । सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए। लिग चरणमा नेपालले एक मात्र खेल इरानसँग ३-२ ले गुमाएको थियो।
फाइनलमा भारतविरुद्ध खेल्नका लागि टोली उत्साहित रहेको कप्तान अरुणा शाहीले बताएकी छिन्। भारतसँग खेल्न रमाइलो हुन्छ । भारतसँग खेल्दा टोलीको मनोबल उच्च हुन्छ, उने थपिन्, हामीलाई समर्थकको पनि साथ रहन्छ । त्यसले पनि हामीलाई हौसला मिल्नेछ।,’

दक्षिण एसियाकै बलियो टोली भारतलाई पहिलो पटक हराउने सपना पूरा गरेको नेपाली टोलीलाई फेरि हराएर च्याम्पियन बन्ने यो भन्दा राम्रो अवसरका लागि वर्षौं कुर्नुपर्ने हुनसक्छ।
सागको १४ औं संस्करण आयोजनाको टुंगो नलागेको अवस्थामा भारतसँग फेरि अर्काे भेट कहिले हुने निश्चित छैन। यो मौकालाई खेर जान नदिन आफ्नो टोलीले शतप्रतिशत दिनेमा कप्तान अरुणा विश्वास दिलाएकी छिन् । फाइनल साँझ ५ बजे सुरु हुनेछ।
महिला भलिबलमा भारतसँग अहिलेसम्मको नतिजा
– आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – (१९९९) मा सोझो सेटमा हार
-१०औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका – (२००६) मा सोझो सेटमा हार
-१२औं दक्षिण एसियाली खेलकुद (साग), भारत – (२०१६) मा सोझो सेटमा हार
-दुई मैत्रीपुर्ण खेल, नेपाल – (२०१७) दुवैमा सोझो सेटमा हार
-१३औं दक्षिण एसियाली खेलकुद (साग) – २०१९ मा समूह चरणमा ३–० को र फाइनलमा ३–२ को सेटमा हार
-एनएसी काभा महिला भलिबल च्यालेन्ज कप, नेपाल – (२०२३) मा ३–१ को सेटमा हार
-१९औं एसियाली खेलकुद, चीन – २०२३ मा ३–१ को सेटमा हार
-काभा महिला भलिबल नेसन्स लिग, नेपाल – २०२४ मा ३–२ को सेटमा जित
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]