default_image

1 year ago

August 11, 2024

निजी क्षेत्र मौन, भलिबल समर्थकबाट टोलीलाई नगदसहित सम्मान

2321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई भलिबल समर्थकले नगदसहित सम्मान गरेका छन् ।

फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको टोलीलाई भलिबल समर्थक तथा युवा व्यवसायी गणेश रिजालले नगदसहित सम्मान गरेका हुन् । नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा भलिबल संघका पदाधिकारी लगायत पूर्व राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रिजालले भलिबल संघको आजीवन सदस्यता लिने निर्णय समेत सुनाए । उनले टोलीलाई नगद सम्मान तथा रात्री भोजको आयोजनाका लागि २ लाख रुपैयाँ टोलीलाई प्रदान गरेका थिए । ‘एक भलिबल समर्थकको नाताले टोलीलाई सम्मान गर्न पाउँदा खुसी छु । आशा छ आउने दिनमा यसले टोलीको हौसला आझ बढ्नेछ । म सम्भव भए भलिबल संघको आजीवन सदस्य पनि लिनेछु,’ उनले बताए ।

कार्यक्रममा बोल्दै भलिबल संघका उपाध्यक्ष तथा प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले रिजालको कदममा धन्यवाद ज्ञापन गर्दै आफ्नो संस्थाबाट टोलीलाई एकमुष्ठ नगद १ लाखले सम्मान गर्ने घोषणा गरे । ‘फाइनलको भोलिपल्ट नै काठमाडौं महानगरले पुरस्कार वितरण नै गर्यो । भलिबल संघले पनि घोषणा गरेको छ, सरकार प्रक्रियामा छ । तर म निजि क्षेत्र मौन देखिरहेको छु । समर्थकले नै सम्मान गरेपछि अब निजि क्षेत्र जाग्ने आशा लिएको छु । म आफू रहेको संस्थाबाट पनि टोलीलाई १ लाख रुपैयाँले सम्मान गर्ने घोषणा गर्छु,’ श्रेष्ठले भने ।

नेपाली टोलीलाई फाइनलको भोलिपल्ट नै महानगरले जनही १ लाख रुपैयाँले सम्मान गरेको छ । त्यस्तै संघले हरेक खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.