1 year ago
September 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विजय केसीले माल्दिभ्समा अर्को साता हुने काभा महिला क्लब च्याम्पियनसिपको खेल खेलाउने भएका छन् ।
गत वर्ष अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा केसी उक्त जिम्मेवारी निर्वाह गर्न बिहीवार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
च्याम्पियनसिप भदौ ३० देखि असोज ५ गते सम्म हुनेछ । नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।
केसीले गत वर्ष नेपालमै सम्पन्न काभा महिला च्यालेन्ज कपमा पनि रेफ्रीको जिम्मेवारी पाएका थिए । उनी नेपालमा यसै वर्ष सम्पन्न काभा महिला नेसन्स लिगमा भने रेफ्री म्यानेजरको भूमिकामा थिए । सशस्त्र प्रहरी बलमा निरीक्षक पदमा कार्यरत रहेका उनी पूर्व खेलाडी समेत हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]