1 year ago
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनीले माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोलीलाई मंगलवार नगदसहित सम्मान गरेको छ।
शिखर इन्स्योरेन्सले पुलिस टोलीका हरेक खेलाडी , प्रशिक्षक अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
पूर्व मन्त्री रामकुमारी झाँक्री,शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दिप प्रकाश पाण्डेलगायतले खेलाडीलाई सम्मान गरेका थिए। शिखर इन्स्योरेन्सले राष्ट्रिय महिला टोलीका हरेक खेलाडी २ लाख बराबरको मेडिकल इन्स्योरेन्स गरिदिने घोषणा गरेको छ।
माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।
त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३-० दोस्रो श्रीलंका एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।
घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्नाका वावजुद ३-२ सेटको जित निकालेको थियो पुलिसको चरणको आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले पराजित गरेको थियो।
नेपालको लिगको विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको पुलिसले च्याम्पियन बनेर सोमवार स्वदेश फर्केको थियो।

पुलिस क्लबकी उषा भण्डारी च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् ।
सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित थिइन् । शिखर इन्स्योरेन्सले उषालाई १ लाख तथा शान्तिकला र सुमित्रालाई समान ५० हजार रुपैयाँ प्रदान गरेको थियो।
टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो।
पुलिसको भलिबल टोली
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]