default_image

1 year ago

September 30, 2024

ललितपुरको सुखद सुरुवात

1289 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग ( इडब्ल्युभिएल) मा सुखद सुरुवात गरेको छ ।

ललितपुरले सोमवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो खेलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।

त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो ।

तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवै तर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो । काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् । ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन् ।

६ टोली सहभागी लिग राउन्ड रोबिनका आधारमा हुने र शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

November 7, 2025

झापा महिला गोल्डकप- ४ खेलमा ११ लाख बढीको टिकट विक्री

दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

Success

Thank you for your time.