1 year ago
November 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार स्पाइकर सरस्वती चौधरी अष्ट्रेलिया आइपुगेकी छिन् ।
नेपाली समुदायबीच हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउन सरस्वती आइतबार अस्ट्रेलियाको सिड्नी आइपुगेकी हुन् । उनले डिसेम्बरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगितामा म्याग्दी काली युनाइटेडबाट खेल्नेछिन् । एपिएफबाट छुट्टि लिएर अष्ट्रेलिया पुगेकी उनी अर्को महिना नेपाल फर्कने कार्यक्रम रहेको एपिएफ क्लबले जानकारी दिएको छ ।
६ फिट उचाइ भएकी सरस्वती नेपाली महिला राष्ट्रिय टोली तथा विभागीय नेपाल एपिएफ क्लबकी भरपर्दो स्पाइकर हुन् । नेपाली महिला भलिबल टोली र एपिएफले प्राप्त गरेको सफलतामा उनको प्रदर्शन उच्च छ ।
सन् २०१३ मा नेपालमै भएको माल्दिभ्ससँगको दुई मैत्रीपुर्ण खेलबाट उनले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता चोटबाहेक उनी राष्ट्रिय टोलीमा नियमित रहँदै आएकी छिन् । उनले नेपालबाट अफिसियल र अन अफिसियल गरी १३ प्रतियोगिता खेलिसकेकी छिन् ।
नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र १३औं सागमा ऐतिहासिक रजत पदक र सेन्ट्रल जोनमा दुईपटक स्वर्ण जित्दा उनी टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । यस्तै गत अगस्टमा नेपालमै भएको काभा महिला भलिबल लिगमा दोस्रो हुँदा उनी टोलीमा मुख्य भूमिकामा थिइन् । उनी उक्त लिगमा बेस्ट अपोजिट हिटर घोषित भएकी थिइन् ।
यस्तै गत सेप्टेम्वरमा माल्दिभ्समा भएको काभा महिला क्लब च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्दा उनी टोलीको महत्वपुर्ण सदस्य थिइन् । एपीएफबाट उनी लोनमा त्यहाँ पुगेकी थिइन् ।
धनगढीकी सरस्वतीले पोखराको फिस्टेल एकेडेमीबाट भलिबलको सुरुवात गरेकी थिइन् । फिस्टेल एकेडेमीपछि उनी वि.स. २०७० मा विभागय नेपाल पुलिस क्लबमा आबद्ध भएकी थिइन् । त्यसयता एपिएफले वर्षमा दर्जन बढी उपाधि जित्दा उनी सर्वाेत्कृष्टसँगै विभिन्न विधामा उत्कृष्ट भइरहिन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]