default_image

1 year ago

November 24, 2024

आर्मीका धनबहादुरले पनि हेल्प नेपालबाट खेल्ने

4970 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् ।

यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको‌ छ । हेल्प नेपालले शनिवार मात्र अर्को विभागिय टोली नेपाल पुलिस क्लबका रविन चन्द ठकुरीलाई टोलीमा भित्र्याएको थियो ।

हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो । विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्दै छन् ।

हेल्प नेपालले टोप बहादुर थापा ‘दीपक’ लाई कप्तानीमा तथा उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै क्लब उप कप्तान सन्जु विक्रम शाह, मिडल ब्लकर सुरेन्द्र बम ठकुरी र सेटरमा सुवास कुँवरलाई पनि निरन्तरता दिएको छ । यस्तै टोलीमा तीन पाकिस्तानी खेलाडी हुनेछन् ।

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुने काभा पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

हेल्प नेपालले सह–प्रायोजकमा यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिसँग तथा हस्पिालिटी पार्टनरमा प्लाजा होटेल ग्रुपसँग सम्झौता गरिसकेको छ ।

क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.