default_image

12 months ago

November 29, 2024

भट्ट र खड्काले कोचेज कोर्स लेभल ३ पूरा गरे

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्।

भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्।

भट्ट नेपालको सर्वाधिक सफल प्रशिक्षक हुन् । उनको नेतृत्वमा नेपालले काभा सेन्ट्रल जोनमा नेपाली महिला टोली च्याम्पियन बनेको थियो। उनकै प्रशिक्षणमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा र साउनमा काभा नेसन्स लिगमा रजत पदक जितेको थियो।

खड्का घरेलु भलिबलका सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिगलगायत थुप्रै उपाधि जितेको छ। एभरेष्ट महिला भलिबल लिग इडब्लुभिएलमा खड्काले सम्हालेको टोली ललितपुर क्विन्सले फाइनल खेलेको थियो।

November 17, 2025

एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको‌ उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल‌ प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र‌ प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

November 17, 2025

नर्वे विश्व कपमा छनोट, इटालीले फेरि प्ले अफ खेल्नुपर्ने

एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्‍यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]

Success

Thank you for your time.