default_image

1 year ago

November 29, 2024

काभा क्लब च्याम्पियनसिप- नेपालको २ सहित ५ टोलीले भाग लिने

1697 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको‌ सहभागिता रहने निश्चित भएको छ।

नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको‌ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।

आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन्।

च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ।
काभाको यो वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।

यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो।

भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले अर्को वर्ष एफआइभिबीको सहयोग काभा पुरुष भलिबल नेसन्स लिग टुडिखेलमा आयोजना हुने सम्भावना रहेको बताए । त्यो च्याम्पियनसिप आयोजना भएको खण्डमा नेपालले भौतिक पूर्वाधारमा एभआइभिबीबाट आर्थिक सहयोग आउने सम्भावना रहेको चन्दले जानकारी दिए ।

प्रतियोगिताका‌ लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने संघको अनुमान छ । त्यसमा राखेपले २५ लाख रुपैयाँ अनुदान दिने बताइएको छ।

संघका सल्लाहकार रेशम गुरुङले‌ १ लाख ५१ हजार, निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा र संघकी सदस्य ज्योती केसी, टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले समान १ लाख रुपैयाँ दिने भएका छन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.