10 months ago
January 14, 2025
सुकुटे/ सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ।
चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटे स्थित भोटेकोशी बिच रिसोर्टमा हुने च्याम्पियनसिपको पूर्व प्रधानमन्त्री एवंम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ आयोजना गरेको हो। यो महिलातर्फको सातौं र पुरुषतर्फको आठौं राष्ट्रिय च्याम्पियनसिप हो ।
५ दिन सम्म चल्ने च्याम्पियनसिपमा ६ प्रदेश र ३ विभागका गरि महिला १७ र पुरुषमा १८ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुवैतर्फ समान ८ समूहमा विभाजन गरिएको छ।
सहभागी टोलीका प्रशिक्षक र व्यवस्थापकको उपस्थितिमा समूह विभाजन गरिएको थियो। सहभागी टोलीहरु सोमवार नै सुकुटे आइसकेका छन्।
पहिलो दिन दिउँसो १ बजे खेल सुरु हुने बताइएको छ। त्यसअघि उद्घाटन कार्यक्रम हुनेछ। च्याम्पियनसिपमा दुई वटा कोर्टमा खेलाइनेछ। च्याम्पियन्सको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।


November 7, 2025
दिपक बोहोरा, झापा नेपालमा पछिल्लो समयमा महिला फुटबल लोकप्रिय छ। राष्ट्रिय खेलाडीसहितको प्रतिस्पर्धा खेल हर्ने दर्शकको बाक्लो उपस्थिति रहने गरेको छ। अहिले झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि दर्शकको उपस्थिति उल्लेख्य रहँदै आएको छ। क्वार्टरफाइनल ४ खेल सकिँदा टिकट बिक्रीबाट ११ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।