11 months ago
January 14, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा अर्को साता सुरु हुने टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सहभागी टोलीको नाम सार्वजनिक गरेको छ ।३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ।
माघ १२ गते सुरु हुने प्रतियोगिताको पुरुषतर्फ भाग लिने अन्य ३ टोलीमा हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ र श्रीलंकन भलिबल टिम रहेका छन्।
त्यस्तै महिलातर्फ टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जनाएका छन् । पाँचौं संस्करणको फाइनल माघ १९ गते हुनेछ।
टाइगर ग्रुपका सहभागी टोली
पुरुषतर्फ
१. हेल्प नेपाल स्पोर्टस् क्लब
२. गण्डकी प्रदेश भलिबल संघ
३. श्रीलंकन भलिबल टिम
४. नेपाल पुलिस क्लब
५. त्रिभुवन आर्मी क्लब
६. नेपाल एपिएफ क्लब
महिलातर्फ
१. नेपाल एपिएफ क्लब
२. टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब
३. त्रिभुवन आर्मी क्लब
४. नेपाल पुलिस क्लब
५ . टाइगर ग्रुप अफ पोखरा नेपाल
६. युनाइटेड प्यासन भलिबल क्लब, थाइल्याण्ड
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]