default_image

11 months ago

January 16, 2025

निरुता र नेविकाको जोडी क्वाटरफाइनलमा

1691 views

0 Bookmark

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी‌ निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई‌ २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

निरुता र नेविकाको जोडी सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीको‌ जोडीसँग प्रतिस्पर्धा गर्नेछ। अर्को अन्तिम १६ को खेलमा सोइङ र प्रतीक्षाको जोडीले सुदूरपश्चिमका पूजा ठकुराठी र सानु थापाको जोडी २१-१८,२१-१० ले हराएको थियो।

काभा बिच भलिबलको स्वर्ण पदक विजेता कमला पुन र मनिषा चौधरीको नेपाल पुलिस क्लबको जोडी, राष्ट्रिय टोलीका सदस्यद्वय पुलिसका पुनम चन्द र कामना विष्टको जोडी, एपिएफका रस्मिता दुरा र जस्ना महतोको जोडी, सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडी,त्रिभुवन आर्मी क्लबका सुनिता राई र भावना डाँगीको जोडी तथा बागमतीको मिना जर्घामगर र सविना भुजेलको जोडी क्वाटरफाइनलमा पुगेको छ।

पुलिसका कमला र मनिषाको जोडीले एपिएफका गणिता चौधरी र पूर्णिमा चौधरीको जोडीलाई २१- ३, २१-४ ले पुलिसका पुनम र कामनाको जोडीले गण्डकीका काजल छन्त्याल र रेविका घर्तिमगरको जोडीलाई २१-१३,२१-१० ले तथा एपिएफका रस्मिता र जस्नाको जोडीले कर्णालीका रन्जना बुढा र रिमा गेलाङको जोडीलाई २१-१०,२१-१२ ले हराएको थियो।

त्यस्तै सुदूरपश्चिमका संगिता र सरिताको जोडीले कोशीको अन्जना लिम्बु र सुस्मिता लावतीको जोडीलाई २१-१३,२१-१७ ले, आर्मीका सुनिता र भावनाको जोडीले कोशीको रेजिना लिम्बु र कविता राईको जोडीलाई २१-१८,२१-४ ले तथा बागमतीको मिना र सविनाको जोडीले कर्णालीका सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-८,२१-१८ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो।

क्वाटरफाइनलमा कमला र मनिषाको जोडीले सुनिता र भावनाको जोडीसँग, संगिता र सरिताको जोडीले रस्मिता र जस्नाको जोडी तथा पुनम र कामनाको जोडीले मिना र सविनाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.