default_image

3 weeks ago

January 16, 2025

पुलिसको दुई जोडी क्वाटरफाइनलमा भिड्ने

1705 views

0 Bookmark

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य नेपाल पुलिस क्लबको रविन चन्द र पहल गहतराजको जोडीले पुलिसकै चन्द्र कुवँर र सफल विकको जोडीको सामना गर्नेछ।

सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी आठौं पुरुष राष्ट्रिय बिचमा बिहीवार रविन र पहलको जोडीले कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडीबाट बाई पाएर अन्तिम आठमा पुगेको हो।

चन्द्र र सफलको जोडीले सुदूरपश्चिम प्रदेशका सुरेश मल्ल र लोकेन्द्र चन्दको जोडीलाई हराउँदै २१-१२,२१-१७ ले हराउँदै अघि बढेको हो ।

दिनको अन्तिम खेलमा कडा चुनौतीकाबिच एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले गण्डकी प्रदेशका विश्वास अधिकारी र राजु परियारको जोडीलाई २२-२०, १४-२१,१५-८ ले हराउँदै अघि बढ्यो ।

महेन्द्र र राजकुमारको जोडीले सेमिफाइनल प्रवेशका लागि कर्णाली प्रदेशका जयप्रकाश पुन र दीपक नेपालीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। जयप्रकाश र दीपकको जोडिले अन्तिम १६ मा बागमतीका निर्मल बजगाईं र उपेन्द्र तामाङको जोडीलाई २१-१०,२१-१३ ले हरायो ।

अन्य खेलमा त्रिभुवन आर्मी क्लबका टिकराज तामाङ र सूर्य परियारको जोडी, आर्मी कै दीनेश चन्द र महेश पन्तको जोडी, एपिएफका बलिराम चौधरी र रमेश विकको जोडी विजयी हुँदै र मधेश प्रदेशका विनय यादव र धिरेश यादवको जोडी बाई पाएर क्वाटरफाइनलमा पुगेको छ।
आर्मीका टिकराज र सूर्यको जोडीले बागमती प्रदेशका शैलेश क्षेत्री र यज्ञराज जोशीको जोडीलाई २१-१४,२१-११ ले , आर्मीका दीनेश र महेशको जोडीले कर्णालीका भाष्कर जंग र पाण्डव जंग शाहीको जोडीलाई २१-१९,१९-२१,१५-८ ले तथा एपिएफका बलिराम र रमेशको जोडीले मधेशका रौनक चौधरी र अनिष चौधरीको जोडीलाई २१- ९, २१-११ ले पराजित गर्यो।

मधेशका विनय र धिरेशको जोडीले गण्डकीका विवश आलेमगर र जीवन सुनारको जोडीबाट बाई पाएको थियो।

अर्को क्वाटरफाइनलमा आर्मीका टिकराज र सूर्यको जोडीले दीनेश र महेशको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एपिएफका बलिराम र रमेशको जोडीले मधेशका विनय र धिरेशको जोडीसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।

निरुता र नेविकाको जोडी क्वाटरफाइनलमा

राष्ट्रिय महिला भलिबल टोलीकी‌ निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ।

सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई‌ २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

निरुता र नेविकाको जोडी सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीको‌ जोडीसँग प्रतिस्पर्धा गर्नेछ। अर्को अन्तिम १६ को खेलमा सोइङ र प्रतीक्षाको जोडीले सुदूरपश्चिमका पूजा ठकुराठी र सानु थापाको जोडी २१-१८,२१-१० ले हराएको थियो।

काभा बिच भलिबलको स्वर्ण पदक विजेता कमला पुन र मनिषा चौधरीको नेपाल पुलिस क्लबको जोडी, राष्ट्रिय टोलीका सदस्यद्वय पुलिसका पुनम चन्द र कामना विष्टको जोडी, एपिएफका रस्मिता दुरा र जस्ना महतोको जोडी, सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडी, त्रिभुवन आर्मी क्लबका सुनिता राई र भावना डाँगीको जोडी तथा बागमतीको मिना जर्घामगर र सविना भुजेलको जोडी क्वाटरफाइनलमा पुगेको छ।

पुलिसका कमला र मनिषाको जोडीले एपिएफका गणिता चौधरी र पूर्णिमा चौधरीको जोडीलाई २१- ३, २१-४ ले पुलिसका पुनम र कामनाको जोडीले गण्डकीका काजल छन्त्याल र रेविका घर्तिमगरको जोडीलाई २१-१३,२१-१० ले तथा एपिएफका रस्मिता र जस्नाको जोडीले कर्णालीका रन्जना बुढा र रिमा गेलाङको जोडीलाई २१-१०,२१-१२ ले हराएको थियो।

त्यस्तै सुदूरपश्चिमका संगिता र सरिताको जोडीले कोशीको अन्जना लिम्बु र सुस्मिता लावतीको जोडीलाई २१-१३,२१-१७ ले, आर्मीका सुनिता र भावनाको जोडीले कोशीको रेजिना लिम्बु र कविता राईको जोडीलाई २१-१८,२१-४ ले तथा बागमतीको मिना र सविनाको जोडीले कर्णालीका सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-८,२१-१८ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो।

क्वाटरफाइनलमा कमला र मनिषाको जोडीले सुनिता र भावनाको जोडीसँग, संगिता र सरिताको जोडीले रस्मिता र जस्नाको जोडी तथा पुनम र कामनाको जोडीले मिना र सविनाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। महिला र पुरुष दुवैतर्फको क्वाटरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ।

February 6, 2025

थाइल्याण्डलाई हराएपछि नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]

February 6, 2025

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

Success

Thank you for your time.