default_image

11 months ago

January 17, 2025

एभरेष्टलाई भलिबल उपाधि

1108 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

एभरेष्ट बोर्डिङ स्कुलले तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

न्यु होराइजन स्पोर्टस क्लब बुटवलले आयोजना गरेको
प्रतियोगिताको बिहीवार भएको फाइनलमा न्यु होराइजन स्कुललाई ३-१ सेटले हराउँदै एभरेष्टले उपाधि जितेको हो।

उपाधिसंगै एभरेष्टले ४० हजार र न्यु होराइजनले २५ हजार रुपैयाँ पायो । तेस्रो भएको कुवरवर्ती बोर्डिङ स्कुलले हुँदै १५ हजार र चौथो टोली कालिका मानव ज्ञान माविले चौथो बन्दै नगद १० हजार रुपैयाँ प्राप्त गर्यो ।

विजेता एभरेष्टकी मिना सुनार सर्वोत्कृष्ट खेलाडी तथा एभरेष्टका प्रशिक्षक अर्जुन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

कालिका मानवज्ञानकी भिषा खत्री उत्कृट डिफेन्स, न्यु होराइजनकी एलिना झेडी उत्कृष्ट सर्भर, होराइजनकै प्रतिभा चौधरी उत्कृष्ट सेटर, कुवरवर्तीकी रिचा थापा उत्कृष्ट स्पाइकर, न्यु होराइजनकी ममता परियार उत्कृष्ट ब्लकर चुनिए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, न्यु होराजन स्कुल तथा क्लबका संरक्षक लोकनाथ उपाध्याय, क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरीले पुरस्कृत गरे ।

न्यु होराइजन स्कुलको संरक्षकत्वमा माघ १ गते सुरु भएको प्रतियोगितामा १२ टोलीकि सहभागिता रहेको खेल संयोजक मिलन रानाले जानकारी दिए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभरेष्ट र दोस्रो न्यु होराइजन माविले जितेका थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.