4 weeks ago
January 17, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र एपिएफ क्लबको जोडी आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
एपिएफ बलिराम चौधरी र रमेश विकको जोडीले
आर्मी क्लबकाका टिकराज तामाङ र सूर्य परियारको जोडीलाई २१-१६,२१-११ ले हराउँदै फाइनल पुगेको हो ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार पुलिसका चन्द्र कुवँर र सफल विकको जोडीको कडा प्रतिस्पर्धाबीच एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीलाई हरायो ।
चन्द्र र सफलको जोडी ८-२१, २१-१६, १५-१० ले विजयी भयो। तेस्रो स्थान र फाइनल शनिवार हुनेछ।
फाइनलमा पुलिसकै दुई जोडी
पुलिसका दुई जोडी सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
पुलिसको दुवै टोलीले शुक्रवार सेमिफाइनलमा एपिएफ क्लबको जोडीलाई हराएको हो ।
काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरीको एपिएफ क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २२-९, २१-५ ले हराउँदै उपाधि नजिक पुगेको हो।
कमला र मनिषाको साउनमा भुटानमा भएको काभा बिचमा च्याम्पियन बनेको थियो। जोडी सेमिफाइनल पुगेको छ ।
पुनम चन्द र कामना विष्टको जोडीले एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडीलाई २२-२०,२१-१७ ले हराउँदै आफ्नै क्लबको जोडीसँगको भेट पक्का गरेको छ। तेस्रो स्थान र फाइनल शनिवार हुनेछ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रममा रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]