default_image

11 months ago

January 19, 2025

हिमालयन रेडर्सको पहिलो जित

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा पोखरा लेकर्सलाई ३४-३० ले हराउँदै हिमालयन रेडर्सले पहिलो जित निकालेको छ। पोखराको भने यो लगातार दोस्रो हार हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार दिनको दोस्रो खेलको पहिलो हाफ फितलो रह्यो। दुवै टोलीले बोनस र टचबाट स्कोर गर्ने प्रयास गरे। पहिलो हाफमा हिमालयनले १३-११ को अग्रता बनायो।

दोस्रो हाफको सुरुवातमा नै हिमालयनले पोखरालाई अल आउट गर्दा १७-१२ को अग्रता बनायो। यसपछि निरन्तर अग्रता बनाएको हिमालयनका कप्तान गणेश बहादुर पार्कीले पोखरालाई अल आउट गरे।

यो सँगै हिमालयनले पोखरालाई ११ स्कोरले पछि पारी सकेको थियो। तर पोखराका नागेश्वरले सुपर रेडमा चार स्कोरको सफलता प्राप्त गरे।

खेललाई २६-२२ मा पुर्याए। यसपछि कमब्याकको प्रयासमा रहेको पोखराले हिमालयनका खगेन्द्र राज जोशीलाई आउट गर्दै दुई अंक जोड्दा खेल २९-२९ को बराबरीमा पुग्यो। तर गणेशले सुपर रेडबाट तीन स्कोर गरेसँगै हिमालयनले पोखरालाई ३४-३० ले माथ दियो।

हिमालयनको जितमा कप्तान गणेशले सर्वाधिक १३ स्कोर गरे। उनले टचबाट ११ तथा बोनस र ट्याकलबाट समान १/१ स्कोर गरे।

खेलमा हिमालयनले रेडबाट १७, ट्याकलबाट १३ र अलआउटबाट ४ स्कोर गरे। पराजित पोखराले भने रेडबाट २०, ट्याकलबाट ८ र अल आउटबाट २ स्कोर गर्यो। जितमा हिमालयनले ५ अंक जोड्दा पोखराले २ अंक बनाएको छ।

प्रतियोगितामा सोमवार धनगढी वाइल्ड क्याट्स र जनकपुर नाइट्सबीच खेल हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.