default_image

10 months ago

February 11, 2025

पहिलो दिन सदभाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

497 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन मंगलवार १७ देखि २१ वर्ष उमेर समूहमा सदभाव आचार्य शीर्षस्थानमा रहेका छन्।

१-ओभर ६९ को स्कोरमा सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए।

त्यसपछि १०औं र १४औं होलमा एक-एक सट गुमाए भने १८ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए। उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए। तर यसपपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए। ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्।

१२ देखि १६ वर्ष उमेर समुहमा इधान्त सिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले दीपेश श्रेष्ठलाई ४ स्ट्रोकले पछि पारे। दीपेश १६-ओभर ८६ सहित दोस्रो स्थानमा छन्। सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा रहे।

गल्स १२-२१ वर्ष उमेर समुहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन्। उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन्। अनभद्धया ३०-ओभर ९८ सहित दोस्रो स्थानमा रहेकी छिन्।

४ प्रदेशका ३१ जना जुनियर गल्फरहरू मध्य पहिलो दिन १ सय भन्दा बढी स्कोर गर्ने १४ खेलाडी १८ होलको खेल पश्चात बाहिरिएका छन्।

प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म  भियतनामको ला-लगुनामा हुने फाल्डो जुनियर टुर  एसिया ग्रान्ड फाइनलमा स्थान बनाउनेछन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव भने स्वत: छनोट भैसकेका छन्।

गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेको कारण उनी स्वत: छनोट भएका हुन्। यो पटक सदभाव सहित चार नेपाली गल्फरहरूले फाल्डो जुनियर टुर  एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.