default_image

10 months ago

March 4, 2025

एनसिसी जुनियर चेकमेट चेसमा अन्नपूर्ण च्याम्पियन

669 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसिसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीको‌ सहभागिता थियो।

ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरी दुई क्याटगोरीमा विभाजन गरिएको थियो ।गल्र्स कक्षा ३ देखि ५ सम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ विजयी भइन् ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शुभानी राना दोस्रो र अन्नपूर्ण सेकेन्डरी स्कुलकी टिस्टिना बस्नेत तेस्रो भइन् । ब्वाइज ३ देखि ५ सम्मको क्याटगोरीमा अन्नपूर्णका युनिश खड्का पहिलो भए । संस्कृति इन्टरनेनल स्कुलका संभव थुलुङ दोस्रो र ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी तेस्रो स्थानमा रहे ।

त्यस्तै, कक्षा ६ देखि ८ सम्मको स्पर्धामा गल्र्सतर्फ मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले उपाधि जितिन् । अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रो र डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो भइन्‌।

ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलका सात्विकमान तुलाधर प्रथम भए । निसर्गकै आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो भए । निहाना र सात्विकमान हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।

स्वीस प्रणालीको आधारमा ब्वाइजको ६ राउन्ड र गल्र्सको ४ राउन्ड खेल सञ्चालन गरिएको थियो । प्रत्येक खेलको विजेताले ३ अंक र बराबरीमा १ अंक प्राप्त गरेका थिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसीसी एडुकेसन एन्ड स्पोर्टस् कमिटिका प्रमुख रुपक राजवंशीले विजेतालाई पुरस्कृत गरे । चारै स्पर्धाका शीर्ष १० खेलाडीलाई मेडल प्रदान गरिएको थियो ।

खेलाडीको वरियताको आधारमा अन्नपूर्ण सेकेन्डरी च्याम्पियन भयो । सिद्धार्थ वनस्थली दोस्रो र निसर्ग बाटिका तेस्रोमा रह्यो । शीर्ष तीनै स्कुललाई ट्रफी प्रदान गरियो ।

कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोंचाई, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासको लागि बौद्धिक खेलको रुपमा चेसलाई प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसीसी एडुकेसन एन्ड स्पोर्ट्स कमिटिले जनाएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.