8 months ago
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब पाँचौ फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बनेको छ।
मंगलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५-० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसंगै गोर्खालीले लिगको तीनवटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।
त्यसैगरी दिनको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई एक संघर्षपूर्ण खेलमा १९-७ ले पराजित गर्दै दोस्रो भयो। गत वर्षको उपविजेता एपिएफ भने तेस्रो स्थानमा सीमित भयो। पुलिसले प्रतियोगितामा अंक बटुल्न सकेन।

प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कृत गरे।
विजेता गोर्खाली रग्बीले २ लाख २२ हजार २ सय २२ रुपैंया र आर्मीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । गोर्खाली रग्बी क्लबका विजय खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र १५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागिय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो।
यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेश विच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]