default_image

7 months ago

May 25, 2025

हेल्प नेपालको लगातार चौंथो जित

807 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ विजयी यात्रालाई चौथो खेलसम्म पुर्याएको छ।

आज हेल्प नेपालले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो।

१२ अंकसहित हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अंक छ। टोलीले एक खेले जितेको थियो।

त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पुलिसले खेलमा एकपक्षीय दबाब बनायो। टोलीले २५-१९, २५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। पुलिसको यो दोस्रो जित हो।

यसअघि आज महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन्। पुलिसले एपिएफलाई ३-१ ले हरायो। यो जितमा पुलिस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
पहिलो सेट पुलिसले २५-१९ ले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो। दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन।

पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१ जित्दै खेल आफ्नो पक्षमा पार्यो। ९ अंक सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ। एपिएफसँग ६ अंक छ। तेस्रो खेलमा उसको यो पहिलो हार हो।

पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो।

लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ। न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ। आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

Success

Thank you for your time.