4 months ago
July 28, 2025
एजेन्सी – लुइस डियाज बायर्न म्युनिख जाने पक्का भएको छ । जर्मन च्याम्पियन क्लबले लिभरपुलसँग एड-अनसहित ७५ मिलियन युरो बराबरको सम्झौता गरेपछि डियाज जाने निश्चित भएको हो ।
यसअघि बायर्नले कोलम्बियाली फरवार्डका लागि ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव राखेको थियो । त्यसलाई जुन लिभरपुलले अस्वीकार गरेको थियो।
२८ वर्षीय डियाजलाई लिभरपुलले शनिवार हङकङमा भएको एसी मिलानविरुद्धको ४-२ मैत्री खेलको टोलीमा राखेको थिएन। अब उनलाई मेडिकल परीक्षणका लागि एसियाबाट युरोप जान लिभरपुलले अनुमति दिएको छ।
लिभरपुलले फ्लोरियन विर्ट्स र ह्युगो एकीटिके अनुबन्ध गरिसकेको छ । न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकप्रति पनि चासो देखाइरहेको छ।
डियाज सन् २०२२ को जनवरीमा पोर्टोबाट ३७ मिलियन पाउण्डको प्रारम्भिक मूल्यमा लिभरपुल गएका थिए । उनले क्लबका लागि १ सय ४८ खेलमा ४१ गोल गरेका छन् । गत सिजन प्रिमियर लिग उपाधि जित्दा उनमे १३ गोल गरेका थिए।
२०२४–२५ सिजनमा उनले सबै प्रतियोगितामा १७ गोल गर्दै आफ्नो व्यक्तिगत सबैभन्दा उत्कृष्ट सिजन बनाएका थिए।
बायर्नले गत सिजन आफ्नो ३४औं बुन्डेसलिगा उपाधि जितेको थियो । लिगमा सबैभन्दा धेरै ९९ गोल गरेको थियो। तर जर्मन कपको अन्तिम १६ बाट र च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]