4 months ago
August 12, 2025
एजेन्सी – फुटबल स्टार क्रिष्टियानो रोनाल्डो र मोडेल जर्जिना रोड्रिगेज आठ वर्ष लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिने भएका छन्।
रोड्रिगेजले इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै आफ्नो औंलामा ठूलो र चम्किलो औंठौसहितको क्याप्सनमा लेखेकी छिन्, ‘हो, म सहमत छु। यस जीवनमा मात्र होइन, मेरो सबै जीवनमा।’
रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१७ सार्वजनिक थियो। उनीहरू पहिलो पटक २०१६ मा गुच्ची स्टोरमा आकस्मिक भेट हुँदा परिचित भएका थिए।
रोनाल्डो र जर्जिनाका ४ सन्तान छन्। एभा मारिया र माटेओ २०१७ मा सरोगेसीमार्फत जन्मिएका थिए । उनीहरुको दुई छोरी अलाना मार्टिनाको २०१७ र बेला एस्मेराल्डाको २०२२ मा जन्म भएको थियो।

जर्जिनाले सबै ५ बच्चाहरूको हेरचाह गर्दै आएकी छिन् । जसमा ठूली सन्तान क्रिष्टियानो रोनाल्डो जुनियर (जन्म २०१०) पनि पर्छन्। २०२२ मा यो जोडीले एस्मेराल्डाको जुम्ल्याहा भाइलाई गुमाएका थिए।
व्यावसायिक नृत्य प्रशिक्षण प्राप्त गरेकी जर्जिनाको जन्म अर्जेन्टिनामा भएको हो । उनी स्पेनको जाका सहरमा हुर्किएकी थिइन्। त्यसपछि म्याड्रिड स्थानान्तरण भइन्।
डोक्युमेन्ट्रीमा रोनाल्डोले जर्जिनालाई ‘एकदमै रोचक र उमेरअनुसार धेरै परिपक्व’ भनेर वर्णन गरेका छन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]