default_image

4 months ago

August 12, 2025

रोनाल्डो र जर्जिया वैवाहिक बन्धनमा बाँधिने

1361 views

0 Bookmark

एजेन्सी – फुटबल स्टार क्रिष्टियानो रोनाल्डो र मोडेल जर्जिना रोड्रिगेज आठ वर्ष लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिने भएका छन्।

रोड्रिगेजले  इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै आफ्नो औंलामा ठूलो र चम्किलो औंठौसहितको क्याप्सनमा लेखेकी‌ छिन्, ‘हो, म सहमत छु। यस जीवनमा मात्र होइन, मेरो सबै जीवनमा।’

रोनाल्डो र जर्जिनाको‌ सम्बन्ध सन् २०१७ सार्वजनिक‌ थियो। उनीहरू पहिलो पटक २०१६ मा गुच्ची स्टोरमा आकस्मिक भेट हुँदा परिचित भएका थिए।

रोनाल्डो र जर्जिनाका ४ सन्तान छन्। एभा मारिया र माटेओ  २०१७ मा सरोगेसीमार्फत जन्मिएका थिए ।  उनीहरुको दुई छोरी अलाना मार्टिनाको २०१७ र बेला एस्मेराल्डाको २०२२ मा जन्म भएको थियो।

जर्जिनाले सबै ५ बच्चाहरूको हेरचाह गर्दै आएकी छिन् । जसमा ठूली सन्तान क्रिष्टियानो रोनाल्डो जुनियर (जन्म २०१०) पनि पर्छन्। २०२२ मा यो जोडीले  एस्मेराल्डाको जुम्ल्याहा भाइलाई गुमाएका थिए।

व्यावसायिक नृत्य प्रशिक्षण प्राप्त गरेकी जर्जिनाको जन्म अर्जेन्टिनामा भएको हो । उनी स्पेनको जाका सहरमा हुर्किएकी थिइन्।  त्यसपछि म्याड्रिड स्थानान्तरण भइन्।
डोक्युमेन्ट्रीमा रोनाल्डोले जर्जिनालाई ‘एकदमै रोचक र उमेरअनुसार धेरै परिपक्व’ भनेर वर्णन गरेका छन्।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.