4 months ago
August 21, 2025
एजेन्सी – इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा पुगेको छ। बुधवार राति भएको खेलमा मियामीले मेक्सिकन क्लब टिग्रेसलाई २-१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।
कप्तान लियोनेल मेस्सी चोटका कारण खेलेनन् । स्ट्यान्डबाट खेल हेरे। प्रशिक्षक जाभियर मास्केरानो पहिलो हाफपछि रेफ्रीसँग विवाद गर्दा रातो कार्ड खाई बाहिरिए। बाँकी खेल सहायक प्रशिक्षक लियान्द्रो स्टिलितानोले सम्हाले।

अमेरिकाको फ्लोरिडा फोर्ट लडरडेलस्थित चेस स्टेडियम मा भएको खेलमा मियामीका दुवै गोल लुइस सुवारेज ले पेनाल्टीमार्फत गरे। उनले २३ औं मिनेटमा पहिलो पेनाल्टीमा गोल गरे।
६७ औं मिनेटमा टिग्रेसका एञ्जेल कोरेआले बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बन्यो। तर सुवारेजले ८९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । दुवै पेनाल्टी टिग्रेसका जेभियर आक्विनोले ह्यान्डबल गर्दा प्राप्त भएको हो।
खेलको अन्तिमतिर टिग्रेसका एद्गार लोपेजले बराबरी गर्ने सुनौलो मौका पाए तर उनको प्रहार दुवैपट्टि पोस्टमा लागेर बाहिरियो।

३८ वर्षीय सुवारेज हाल असिस्ट र नेतृत्व क्षमताका कारण पनि प्रशंसा पाइरहेका छन्। खेलमै उनले सहकर्मी रोड्रिगो डे पाउल र टिग्रेसका उरुग्वेली खेलाडी फर्नान्डो गोरीआरानबीचको झगडालाई रोके।
मियामीका जोर्डी आल्बा पहिलो हाफमा सहकर्मीले खुट्टा कुल्चिदा घाइते भए । दोस्रो हाफमा नोहा एलेनले उनको ठाँउमा खेले । मेस्सी पछिल्लो खेलमा ह्यामस्ट्रिङ इन्जुरीबाट फर्किए पनि फेरि समस्या देखिएपछि यसपटक मैदानमा उत्रिन सकेनन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]