2 months ago
September 28, 2025
दुबई(हाम्रो खेलकुद) ( भारतले एसीसी टी ट्वान्टी एसिया कप फाइनलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । दुबई क्रिकेट रंगशालामा सम्पन्न टसमा भारतका कप्तान सूर्यकुमार यादवले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो ।
भारतले आजको खेलमा हार्दिक पान्ड्यालाई खेलाएको छैन । उनको स्थानमा रिंकु सिंह खेल्दैछन् । रिंकु पहिलो पटक यस एसिया कप खेल्नेछन् । श्रीलंकाविरुद्ध खेलमा हार्दिक घाइते भएका थिए ।
पाकिस्तानको प्लेइङ ११
शहिबजादा फरान, सैम अयुब, फखर जमान, सलमान अली अघा, हुसेन तालत, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद हरिस, अब्रार अहमद र फहिम अशरफ ।
भारतको प्लेइङ ११ ः
अभिषेक शर्मा, शुभमन गिल, सन्जु स्यामसन, सूर्यकुमार यादव, तिलक बर्मा, रिंकु सिंह, अक्षर पटेल, बरुण चक्रवर्ती, कुलदीप यादव, जस्प्रित बुमराह र शिबम दुबे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]