default_image

9 years ago

April 12, 2017

लिग भलिबलमा न्यु डायमण्डको विजयी सुरुवात

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको खेलमा न्यु डायमण्डले भारतीय खेलाडी सम्मिलित पश्चिमाञ्चल टप्सलाई २५–२३, २५–१६ र २५–१५ ले गुमायो । महिलातर्फ त्रिभुवन आर्मीले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१३,२५–१३ र २५–१० को सोझो सेटमा हरायो ।

यस्तै पुरुषतर्फ नेपाल पुलिसले आर्मीमाथि रोमाञ्चक जित निकालेको छ । पुरुषतर्फकोे खेलमा चिर प्रतिद्धन्दी नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई ३–२ को सेटमा स्तब्ध बनेपछि महत्वपुर्ण दुई अंक जोडेको छ । पुलिसले आर्मीलाई २५–१८, १८–२५, २३–२५, २५–२३ र १५–१२ को सेटमा पाखा लगायो ।

पुलिसले अपराजित रहदै दुइ खेलबाट ४ अंक बनाएको छ । पुलिसले एपीएफ र आर्मीसग ३–२ को सेटमा जित निकालेपछि दुवै खेलमा २/२ अंकमात्र जोड्न सफल भयो । पुलिससँग हार बेहोरेको आर्मीले ३ खेलबाट ७ अंक बटुल्दै लिगको शीर्षस्थानमा यथावत छ ।

पुरुषकै अर्को खेलमा अपराजित रहेको हेल्प नेपालले बुटवलको मनिमुकुन्दलाई २५–२२, २५–२० र २५–१७ को सोझो सेटमा हरायो । विभागिय नेपाल एपिएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा हरायो । पुरुषतर्फ नै जाउलाखेलले बुधबार भएको दोस्रो खेलमा ढोरपाटन क्लबलाई ३–१ ले हराउदै तीन अंक बटुलेको छ । जाउलाखेलले ढोरपाटनमाथी २१–२५,२५–१६,२७–२५ र २५–१८ को जित निकाक्यो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.