9 years ago
April 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब महिलातर्फ र त्रिभुवन आर्मी क्लब पुरुषतर्फ राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता अन्र्तगत क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तीन खेलमा सबैमा जित निकालेको एपिएफको ९ अंक छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बिहिबार एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–२१, २५–१५ र २५–१४ को सोझो सेटमा हरायो ।
महिलाकै अर्को खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१७,२५–१४,२२–२५ र २५–२१ ले हरायो । खेल जितेपनि डायमण्डले एक अंक गुमायो । २ खेलमा डायमण्डको ५ अंक छ । २ खेलमा पुलिस ४ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै चार भारतीय खेलाडी सम्मिलित पश्चिमाञ्चल टप्सले लिगमा पहिलो जित निकाल्दा जावलाखेललाई २५–१०, २५–६ र २५–१३ ले हरायो । पश्चिमाञ्चल पहिलो खेलमा न्यु डायमण्डसँग पराजित भएको थियो । ३ अंक जोडेको पश्चिमाञ्चल चौथो स्थानमा छ ।
यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली एपिएफमाथि २५–१३, २५–१७ र २५–१३ को जित निकाल्यो । ४ खेलबाट १० अंक बटुल्दै आर्मी शीर्षसनमा यथावत छ ।
अर्को खेलमा पुलिसले ढोरपाटनलाई २५–१४, २५–१४ र २५–११ ले हरायो । पश्चिमाञ्चलले हेल्प नेपालसँगको खेल २५–२३, २५–१७ र २५–१८ ले गुमायो । प्रतियोगितामा शुक्रबार महिलातर्फ तीन र पुरुषतर्फ पाँच खेल हुदैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]