9 years ago
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) –हेल्प नेपाल तेस्रो आरबिबी–एनभिए क्लब लिग भलिबल प्रतियोगिताअन्र्गत पुरुषतर्फ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । हेल्प नेपाल राजधानीमा जारी प्रतियोगितामा अपराजित रहदै शीर्ष स्थानमा उक्लिएको हो । हेल्प नेपालको ५ खेलबाट १५ अंक छ ।

राखेप कभर्डहलमा शुक्रबारको खेलमा हेल्प नेपालले दोहोरो सफलता हात पार्यो । पहिलो खेलमा जाउलाखेललाई २५–१८, २५–१२ र २५–१९ को सोझो सेटमा हराएको हेल्प नेपालले अर्को खेलमा नेपाल एपीएफ क्लबलाई २५–१९, २५–१७ र २५–२२ ले हरायो । त्यस्तै पुरुषतर्फ दुई विभागीय नेपाल पुलिस र त्रिभुवन आर्मीले सफलता हात पारे ।
पुलिसले बुटबलको मणिमुकुन्दलाई २५–१२, २५–१६ र २५–२१ को सोझो सेटमा हरायो । आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–१२, २५–७ र २५–१३ को सहज जित निकाल्यो । जारी लिगमा पुलिस दोस्रो स्थानमा रहेको छ ।
पुलिस र आर्मीले ५ खेलबाट समान १३ अंक जोडेका छन् । आर्मी तेस्रो स्थानमा झरेको छ । पुरुषतर्फ हेल्पनेपाल, पुलिस र आर्मी तीनै टिम उपाधि दौडमा कायमै छन् ।
यस्तै महिलातर्फ एपिएफले आफ्नो अग्रतालाई यथावतै राखेको छ । शुक्रबार भएको आफ्नो चौथो खेलमा एपिएफले पश्चिमाञ्चल टप्समाथि २५–९, २५–१३ र २५–१२ को सोझो जित निकाल्यो । एपीएफको ४ खेलबाट १२ अंक पुगेको छ । न्यु डायमण्ड एकेडेमीले आर्मीलाई २५–१२, २५–१४ र २५–१० को सोझो सेटमा हरायो ।
दोस्रो स्थानमा रहेको न्यु डायमण्डले ३ खेलबाट ८ अंक भएको छ । अर्को खेलमा पुलिसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–५,२५–७ र २५–३ को सहज जित निकाल्यो । पुलिसले ४ खेलबाट ६ अंक जोडेको छ । एपिएफसँग पराजित भएको पश्चिमाञ्चलको ३ खेलबाट ३ अंक छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]