default_image

9 years ago

April 15, 2017

अन्तिम खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनलमा

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी आरबीबी– तेस्रो एनभीए क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् ।


न्यु डाइमन्ड र एपिएफले दुवैले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदैछ । तर, यो नतिजाले फाइनल भिडन्तमा कुनै असर गर्नेछैन ।

शनिबार भएको महिलातर्फको खेलमा न्यु डायमन्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५, २५–८ र २५–२ ले सहजै पराजित ग¥यो । महिलामै नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रिय भलिबललाई १७–२५, २५–१८, २५–२१ र २५–२० ले हराएपनि दुवै उपाधि दौडबाट बाहिरिए । आर्मी र जाउलाखेल क्लबको पनि उपाधि यात्रा समाप्त भएको छ ।

त्यस्तै नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । शनिबार हेल्प स्पोट्र्स क्लबविरुद्धको महत्वपुर्ण खेल ३–१ को सेटमा आफ्नो पक्षमा पारेपछि अपराजित रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पुलिसले हेल्प नेपालमाथि २५–२३, १९–२५, २५–१६ र ३०–२८ को रोमाञ्चक जित निकाल्यो ।

अब फाइनलमा पुग्ने दोस्रो टिमको छिनोफानो भने आइतबार हुने आर्मी र हेल्प नेपालबीचको विजेताबाट तय हुनेछ । अन्य खेलमा पश्चिमाञ्चल र मनिमुकुन्द विजयी भए । पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३, २५–१५ र २५–१६ को सोझो सेटमा हरायो । मनिमुकुन्दले ढोरपाटनलाई २५–१७, २८–२६ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.