9 years ago
April 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ बर्षीय खेलाडी प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा ‘डेब्यू’ गरेकी छन् ।

शनिबार महिलातर्फ भएको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिइन् । उनी शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रबिरुद्धको खेलको दोस्रो सेटमा कोर्टमा प्रवेश गरेकी थिइन् ।
उनले दोस्रो सेटमा स्पाईकमार्फत टिमका लागि महत्वपूर्ण २ अंक दिलाएकी थिइन् । त्यो खेलमा न्यु डायमन्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५, २५–८ र २५–२ ले सहजै पराजित ग¥यो ।
न्यु डाइमन्ड त्यहि क्लब हो जहाँबाट प्रतिभा माली र त्यसअघि रमिला तन्डुकार जस्ता खेलाडी उत्पादन भएका थिए । रमिला अहिले अमेरिकामा छिन् भने प्रतिभा राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य छिन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]