9 years ago
May 6, 2017
काठमाण्डौ (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईलाई सामाखुसी बोडिङ स्कुल (सेब)ले शनिवार सम्मान गरेको छ ।

सेब स्कुलले आफ्नो १९ औं अभिभावक दिवस तथा पुुरस्कार बितरण कार्यक्रम न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका राईलाई खेलकुद बिकास र अनुशासनका पर्याय एवम् महिला भलिबल खेल जगतका उत्प्रेरक प्रशिक्षकको संज्ञा दिदै “खेलकुद बिकास सेवा अवार्ड”बाट सम्मान गरिएको छ ।
बिद्यार्थीहरुको कलिला हात तथा शारीरिक बनोटलाई तिर्खादै महिला भलिबलमा बिद्यालय स्तरमा एक तर्फ नतिजा निकाल्नुका साथै राष्ट्रिय स्तरमा पनि अकल्पनिय खेल प्रदर्शन गदै उत्कृष्ट नतिजा निकाल्न सफल कुशल प्रशिक्षकको रुपमा सम्मान गर्न पाउदा हाम्रो संस्था गौरवित भएको सम्मान पत्रमा उल्लेखित छ । सेब स्कुलका प्रिन्सिपल एवम् बिद्यालय भलिबल कमिसनका कोषाध्यक्ष युवाराज थापालगायत सम्मान गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]