9 years ago
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कुन खेललाई नेपालको राष्ट्रिय खेल बनाउने भन्ने बहस टुंगिएको छ । नेपालका लागि माटो सुहाउँदो खेल भनेर चिनिने भलिबलले राष्ट्रिय खेलका रुपमा मान्यता पाएको छ ।

मन्त्री परिषद्को सोमबार बसेको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेल मान्ने निर्णय गरेको छ । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र यसको व्यापक पहुचकै आधारमा भलिबललाई राष्ट्रिय खेल बनाउने पर्ने भन्दै नेपाल भलिबल संघले लामो समयदेखि माग गर्दै आएको थियो । युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका थिए ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिलाउन आफुले प्रयास गर्ने यसअघि पटक पटक बताउँदै आएका थिए । डन्डीबियो र कतिपयले कबड्डीलाई नेपालको राष्ट्रिय खेलका रुपमा बुझ्दै आएका थिए । अन्तर्राष्ट्रिय भलिबलमा भाग लिएको चार दशकपछि केहि महिनाअघि पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भलिबल आन्तरिक रुपमा सबै भन्दा बलियो संगठन भएको खेल हो । भलिबलको सबै जिल्लामा जिल्ला संघ छ ।
नेपालमा फुटबल, क्रिकेट र भलिबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालिन सदस्य सचिव युवराज लामाको सयममा कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बहस सुरु भएको थियो । युवा तथा खेलकुद मन्त्रालयले तीन बर्षअघि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको थियो ।
नेपाल भलिबल संघको यसअघि दान बहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनु पर्ने माग सहित हस्ताक्षर संकलन समेत गरि सुझाव दिएको थियो । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारको निर्णयको स्वागत गर्दै भने,‘यसले भलिबल विकासमा थप उर्जा मिलेको छ ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]