default_image

9 years ago

June 5, 2017

भलिबलका पदाधिकारी उत्साहित, खेलाडी निराश

950 views

0 Bookmark

दिपक बोहोरा
फिदिम– मन्त्री परिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको दुई साता नाघिसकेको छ । यस्तोमा जनस्तरबाट भलिबल राष्ट्रिय खेल भएकामा नकारात्मक टिप्पणी सुनिएको छैन । कम लगानी, नेपालको भौगोलि बनावट सुहाँउदो खेल र अन्य खेलको तुलनामा भलिबलको व्यापकतालाई नै राष्ट्रिय खेल घोषणा गरिनुको आधारका रुपमा प्रस्तुत गरिएको छ ।

राष्ट्रिय खेल भएपछि यसको गतिविधि, विकासको गति नेपाल भलिबल संघले ल्याउने नयाँ योजना त्यसको कार्यान्वयका लागि अझै केही समय त कुर्नुपर्नेनै हुन्छ । जनस्तरमा विरोधको स्वर नसुनिएपनि पाँचथरका भलिबलसँग सम्बन्धित व्यक्तिहरुको धारणा भने मिश्रित खालको पाइएको छ । केहीले यसलाई सकारात्मक रुपमा लिएका छन् भने केहीले खेलाडीको भविष्यसँग जोडेर हेरेका छन् ।

पाँचथर जिल्ला भलिबल संघका पदाधिकारी भने उत्साहित छन् । जिल्ला संघका अध्यक्ष महेन्द्र थापा लामो समयदेखि भलिबल राष्ट्रिय खेल घोषणा गरिदै आएको र अहिले त्यसको सुनावाई भएकोमा खुसी व्यक्त गर्छन् । यद्दपी पाँचथर जिल्ला भलिबल संघले स्थानिय रुपमा काम गर्न नसकेको भन्ने आलोचना पनि खेप्दै आएको छ ।

स्थानियस्तरमा अवस्था जे रहेपनि भलिबल राष्ट्रिय खेल घोषणा भएको खुसीयाली मनाउने योजनामा जिल्ला संघ रहेको छ । तर असार १४ गते स्थानिय निर्वाचन तोकिएकोले कार्यक्रम केही पछि सारिएको अध्यक्ष थापाले बताएका छन् ।
‘भलिबल राष्ट्रिय खेल घोषणा भएकोमा खुसी छौं,’ अध्यक्षले भने,‘ अब हामी प्रतियोगिता आयोजना पनि गर्नेछौं । प्रायोजकको खोजी गरि क्षेत्रिय स्तरको महिला र पुरुष भलिबल आयोजना गर्ने हाम्रो लक्ष्य छ ।’

पदाधिकारी जस्तो यहाँका खेलाडीमा भने उत्साह देखिदैनन् । पाँचौं देखि सातौं राष्ट्रिय खेलकुदसम्म पूर्वाञ्चलबाट भलिबल खेलेकी निलिमा आङदम्बे भबिल राष्ट्रिय खेल घोषणा भएपनि त्यसमा खेलाडी खुसी हुनु पर्ने कारण देख्दिनन् । ‘ न त भलिबलमा खेलाडीको भविष्य सुरक्षा छ । न यहाँ स्थानियस्तरमा कुनै प्रोत्साहन नै,’ उनले भनिन्,‘ जिल्ला संघ सुस्त भएपछि यहाँ खेलाडीले भविष्य देख्ने कुरा आउँदैन ।’

अर्का खेलाडी विक्रम राई पनि निलिमाको भनाईमा सहमत छन् । ‘ यहाँ भलिबलका लागि उपयुक्त वातावरण नै छैन,’ विक्रमले भने,‘राष्ट्रिय प्रतियोगिता हुने बेला मात्र खेलाडीको खोजी हुन्छ । अरु बेला कसैलाई वास्ता हुँदैन । अनि खेलाडी पलायन स्वभाविक हुन आउछ ।’

राष्ट्रिय खेल घोषणा भएपनि नेतृत्वको कार्यशैलीमा सुधार नआए खेलको विकास सम्भव नभएको पाँचथरको खेललाई नजिकबाट हेर्दै आएका सगुन सुसारा बताउँछन् । उनले थपे,‘ यहाँको संघनै निष्क्रिय छ । भलिबल प्रतियोगिता हुन्छ न संघको अधिवेशन नै । अनि यस्तो संघबाट के अपेक्षा राख्ने ?

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.