default_image

8 years ago

June 8, 2017

एपिएफ र न्यू डायमन्ड महिला भलिबल उपाधिका लागि भिड्ने

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र न्यू डायमन्ड एकेडेमी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै फाइनल पुगेका हुन् ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहिबार साविक विजेता समेत रहेको एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लब तथा न्यू डायमन्डले पश्चिमाञ्चललाई समान ३–० ले हराउँदै एकअर्कासँगको फाइनल भेट पक्का गरेका हुन् । फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ ।

पुलिसविरुद्ध एकतर्फ रुपमा हावी देखिएको एपिएफले एपिएफले २५–११, २५–२० र २५–१६ को जित प्राप्त गरेको थियो । टोलीको जितमा सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट ४ अंक बटुलेकी थिइन् । त्यस्तै नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन् भने उषा विष्टले स्पाइकबाट ४ र ब्लकबाट २ अंक थपिन् । पुलिसका लागि कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट १ अंक जोडिन् ।

अर्को सेमिफाइनलको पहिलो सेटमा कडा टक्कर दिएपनि पश्चिमाञ्चल दोस्रो र तेस्रो सेटमा भने कमजोर बनेको थियो । खेलमा न्यू डायमन्डले २५–२२, २५–९ र २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो । टोलीमा सधैजसो प्रतिभा मालीको भूमिका महत्वपूर्ण रुह्यो । उनले ६६ स्पाईक प्रहार गर्दा ३८ अंक बटुलिन् । सेटर कृपा अधिकारीले सर्भिसबाट ७ अंक जोडिन् ।

पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गर्नाका वावजुद टोलीको हार टार्न सकेनन् । मञ्जुले ३४ सटबाट ७ र सर्भिसबाट २ अंक जोडिन् । अरुणाले ४४ सट प्रहार गर्दै ७ अंक र सर्भिसबाट १ अंक बटुलिन ।

यसैबीच, गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले प्रतियोगिताको तेश्रो पुरस्कार ५० हजार रुपैयाँ प्रायोजन गरेका छन् । तुलसी भक्त कन्ट्रक्सनका प्रबन्ध निर्देशक नवराज श्रेष्ठले २५ हजार रुपैयाँ प्रतियोतिगामा सहगोग गरेका छन् ।

प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीले शेरवहादुर खड्का स्पेशल अवार्डबाट सम्मानीत हुने खेलाडिलाई माउण्टेन फ्लाईटको टिकट प्रायोजन गेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, दोस्रो हुने टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पाउनेछिन् । विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले समान ३ हजार रुपैयाँ पाउनेछन् ।

न्यू डायमन्ड एकेडेमीको टोली ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.