default_image

8 years ago

June 9, 2017

महिला भलिबलमा सरस्वती सर्वोत्कृष्ट खेलाडी, प्रतिभालाई दोहोरो उपाधि

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलाडी )– नेपाल एपिएफ क्लबलाई शुक्रबार केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

mali

त्यस्तै फाइनलमा पराजित न्यू डायमन्ड एकेडेमीकी प्रतिभा मालीले दोहोरो उपाधि जितिन् । उत्कृष्ट स्पाइकर बनेकी प्रतिभा आयोजक शेरबहादुर खड्का स्मृति स्पेशव अवार्डबाट पनि सम्मानित भइन् । सरस्वतीले जेम फ्लोरिङले प्रायोजन गरेको १५ हजार रुपैयाँका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन् ।

प्रतिभाले जेम फ्लोरिङ नै प्रायोजन गरेको १० हजार रुपैयाँका साथै प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीद्धारा प्रायोजन भएको माउण्टेन फ्लाईटको टिकट प्राप्त गरिन । जेनेरेसन नेक्स प्रा.लीका अध्यक्ष पवन कुमार भिमसरियाले प्रतियोगिताले सरस्वती र प्रतिभालाई एप्पल मोबाइल प्रदान गरे ।

प्रतियोगितामा एपिएफकी उषा विष्ट उत्कृष्ट क्वीकर, न्यू डायमन्डकी कृपा अधिकारी उत्कृष्ट सेटर, पश्चिमाञ्चकी पुनम चन्द उत्कृष्ट ब्लकर, न्युडायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स , एपिएफकी नेविका चौधरी उत्कृष्ट सर्भर र एपिएफका ज्ञानेन्द्र विष्ट ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । जेम फ्लोरिङ उत्कृष्टलाई समान ३ हजार रुपैयाँ प्रदान गरेको थियो । जेठ २३ देखि सञ्चालित प्रतियोगितामा ६ टोलीको सहभागिता थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.