default_image

8 years ago

June 10, 2017

नयाँ प्रतियोगितासहित भलिबल संघको बार्षिक कार्यक्रम सार्वजनिक

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अघिल्ला बर्षका तुलानामा केही नयाँ कार्यक्रम थप्दै नेपाल भलिबल संघले शनिबार बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत बर्ष घोषणा गरेका अधिकांश कार्यक्रम पुरा गरेको दाबी गर्दै संघले यसपटक विभिन्न प्रतियोगिता, रेफ्री सेमिनार, महोत्सव, अन्तर्राष्ट्रिय सहभागितासहित २७ वटा कार्यक्रम गर्ने घोषणा गरेको छ ।


पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रबहादुर चन्द ।

नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलनमार्फत महत्वकांक्षी कार्यक्रम सार्वजनिक गर्ने क्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने,‘हामीले सार्वजनिक गरेको यो सबै कार्यक्रम सम्पन्न गर्न ४ देखि ५ करोड रुपैयाँ खर्च लाग्नेछ । यसका लागि हामीले सरकारसँग आग्रह गरेका छौं । तर, सरकारबाट सहयोग नभएपनि हामी जिल्ला, क्षेत्रलाई परिचालन गरेर पनि यी कार्यक्रम आयोजना गर्नेछौं ।’
महासचिव चन्दले गत बर्ष घोषणा गरिए अनुरुप खेलाडी उत्पादनका कार्यक्रम अघि बढाउन नसकेको स्वीकार गर्दै यो पटक उमेर समूहका महिला र पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गर्ने योजना रहेको सुनाए । उनले भने,‘ खेलाडी उत्पादमा हामीले सोचे अनुरुप काम गर्न नसकेको साँचो यो । यो पटक कम्तीमा विद्यालय र कलेज स्तरीय प्रतियोगिता आयोजना गर्नेमा हामी दृढ छौं । विद्यालय भलिबल कमिसन गठनको मुख्य उद्देश्यनै खेलाडी उत्पादन हो ।’
गत बर्षभन्दा संघले यो बर्ष यू १८ महिला/पुरुष विद्यालय भलिबल प्रतियोगिता, अन्तरकलेज महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, राष्ट्रिय मेयर कप र सांसद महिला/पुरुष भलिबल राष्ट्रिय प्रतियोगिता यो पटक थप गरिएका कार्यक्रम हुन् । संघले यो बर्ष राष्ट्रिय रेफ्री रिफ्रेसिङ कोर्ष पाँच विकास क्षेत्रमा नै आयोजना गर्ने जनाएको छ ।

गत बर्षका अन्य कार्यक्रमलाई संघले निरन्तरता दिएको छ । आउने बर्षमा पनि संघले सम्मान कार्यक्रम आयोजनाको योजना बनाएको छ । यद्दपी गत बर्ष गर्ने भनिएको सम्मान कार्यक्रम अहिले सम्म हुन सकेको छैन । महासचिव चन्दले गत बर्षको कार्यक्रममा रहेको सम्मान असार मसान्त भित्र गरिसक्ने बताए ।

यस्तै संघले बार्षिक कार्यक्रममा समावेश नगरेपछि सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको जेठ ८ लाई भलिबल दिवसका रुपमा देशव्यापी माउने संघले योजना बनाएको छ । महासचिव चन्दले भने,‘ राष्ट्रिय खेल घोषणा हुनु हामी भलिबल कर्मीका लागि ठूलो उपलब्धी हो । यसलाई हरेक बर्ष हामीले मनाउनुपर्दछ । हामी संघ मताहतका जिल्ला र क्षेत्रलाई पनि भलिबल दिवस मनाउँन निर्देशन दिनेछौं ।’

राष्ट्रिय खेल घोषणा भएपछि संघले अल्पाकालिन र दीर्घकालिन योजनासहित झन्डै १४ करोड बजेट माग गरिएको पनि महासचिव चन्दले जानकारी दिए । ‘भौतिक पूर्वाधार विकासदेखि भलिबल खेलको विकासका लागि हामीले विभिन्न योजनासहित युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा झन्डै १४ करोड रुपैयाँ माग गरेका छौं,’उनले विश्वास व्यक्त गरे,‘ सरकारले राष्ट्रि खेल घोषणा गरेका कारण पनि अलग ढंगले सहयोग हुनुमा हामी आशावादी छौं । त्यसै पनि भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सरकारको हो भने खेलको विकासको जिम्मेवारी हाम्रो हो । हामी त्यसका लागि तयार छौं ।’

चन्दले संघले महिला/पुरुषको प्रतियोगिता र प्रशिक्षणलाई समान व्यवहार गर्दै आएको दाबी गरे । उनले भने,‘हामीले पुरस्कार राशी, प्रतियोगिता आयोजना र अन्तर्राष्ट्रिय सहभागित कुनैमा पनि अलग व्यवहार गरेका छैनौं । हाम्रा लागि दुवै टोली उत्तिकै महत्वपूर्ण छन् । ’

पत्रकार सम्मेलनमा संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा (बीचमा) र उपाध्यक्षद्वय यामबहादुर गुरुङ (बायाँ) र रञ्जन खड्का ।

पछिल्लो केही बर्षयता राष्ट्रिय प्रतियोगिता आयोजना र अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तरता दिदै आएको भलिबलले इतिहासमै यो बर्ष ठूलो सफलता प्राप्त गरेको थियो ।अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न थालेको ४१ बर्षपछि नेपालको पुरुष टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक जितेको थियो ।

केही महिनाअघि नेपाली पुरुष भलिबलमा एभिसी एसियन सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । नेपालीले भलिबलले जितेको त्यो अहिले सम्मकै ठूलो सफलता हो । यही जेठ ८ गते सरकारले देशको भौगोलिक बनाउट सुहाउदो कम लगानी, यसको व्यापकलाई आधारमा मान्दै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले बार्षिक योजनालाई कार्यान्वयन गर्न विगतमा जस्तै सबैको सहयोग आवश्यक रहेको र त्यहि अनुरुप सहयोग हुनेमा संघ विश्वस्त रहेको बताए । संघका उपाध्यक्ष यामबहादुर गुरुङले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेमा पुनः सरकारलाई धन्यवाद दिए ।

यस्तो छ नेपाल भलिबल संघले सार्वजनिक गरेको बार्षिक कार्यक्रम –

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.