default_image

8 years ago

June 10, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक नेपाल आउने

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल साउन दोस्रो साता नेपाल आउने भएका छन् ।

प्रशिक्षक मिट भान विजेल

नेदरल्यान्ड्सका विजेल साउन १० गते नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले शनिबार संघको बार्षिक कार्यक्रम सार्वजनिकका दौरान जानकारी दिएका हुन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर उन्नतीमा सहयोग पुर्याउने उद्देश्य आफ्ना प्रशिक्षक पठाउन लागेको चन्दले बताए ।विजेलको आतेजाते हवाइ टिकट भने नेदरल्यान्ड्स भलिबल संघले बेहोर्ने जनाइएको छ । काठमाडौं रहँदाको खर्च भने भलिबल संघले बेहोर्नेछ ।

‘डेनमार्कको भिदोवर क्लब र नेपाली राष्ट्रिय पुरुष टोलीबीच असोजमा हुने मैत्रीपूर्ण खेलको तयारीका लागि नेदरल्यान्ड्सका प्रशिक्षक नेपाल आउँदैछन्’ महासचिव चन्दले भने, ‘यहाँ बस्दा प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिनुका साथै नेपाली प्रशिक्षकलाई समेत पुर्नताजकी तालिम दिनेछन् ।’ केही साताअघि नेपाली टोलीले डेनमार्कको यात्रा गरेको थियो । त्यहि दौरान भिदोवर नेपाल आउने कार्यक्रम तय भएको थियो ।

विजेलको आगमपछि नेपाली भलिबलको स्तर सुधारिएको खण्डमा भविष्यमा पनि त्यस्ता प्रशिक्षक उपलब्ध गराइदिन एफआइभिबीसँग आग्रह गरिने चन्दले बताए । विजेल महिना दिनभन्दा लामो समय नेपालमा रहेर संघले बताएका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.