default_image

8 years ago

June 13, 2017

भलिबल संघका अध्यक्ष शर्मा र महासचिव चन्द नेदरल्यान्ड्स जाँदै

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द आज नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ जान लागेका हुन् ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द (बायाँ) ।

बुधबारदेखि नेदरल्यान्ड्समा सरु हुने विश्व लिग भलिबल र विश्व बीच भलिबल टुरको अवलोकनका लागि अध्यक्ष र आफुलाई निमन्त्रणा प्राप्त भएको महासचिव चन्दले जानकारी दिए । केही समयअघिबाट नेपाल र नेदरल्यान्ड्स भलिबल संघबीच सम्बन्ध विस्तार भएको उनले बताए । ‘छोटो समयमा हाम्रो र नेदरल्यान्ड्स संघबीच राम्रो सम्बन्ध बनेको छ’ चन्दले भने,‘हामीलाई नेदरल्यान्ड्सले ३५ वटा भलिबल नेट सहयोग गरेको थियो । अहिले हामीलाई त्यहाँको प्रतियोगिता र त्यहाँको भलिबल विकासको अवलोकनका लागि निमन्त्रण प्राप्त भएको छ । त्यहाँको संघले प्रशिक्षणका लागि २ सय ५० भलिबल पनि सहयोग गर्ने वचन दिएको छ । ’
नेदरल्यान्ड्स बसाईमा नेपाल, नेदरल्यान्ड्स र रुवान्डाका पदाधिकारीबीच बैठक पनि हुने चन्दले बताएका छन् । उनले भने,‘बैठक पनि राखिएको छ त्यस्तै त्यहाँको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधार अवलोकनका लागि पनि कार्यक्रम तय भएको छ । विकसित देशले कसरी भलिबलमा विकास गरेका छन् भन्ने हेरेर केही सिक्ने र नेदरल्यान्ड्स भलिबल संघसँग सम्बन्ध थप बलियो हुने विश्वास छ । ’
साउनको दोस्रो साता नेदरल्यान्ड्स भलिबल संघको पनि सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल नेपाल आउँदैछन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर उन्नतीमा सहयोग पुर्याउने उद्देश्यका साथ आफ्ना प्रशिक्षण पठाउन लागेको चन्दले बताएका थिए । प्रशिक्षक विजेताको आतेजाते हवाई टिकट भने नेदरल्यान्ड्स भलिबल संघले बेहोर्ने बताइएको छ । विजेलले एक महिना भन्दा लामो समय नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिनेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.