8 years ago
June 21, 2017
प्रशिक्षक राई पनि सम्मानित
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली शेरबहादुर खड्का स्मृति खेलकुद अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर स्मृति प्रतिष्ठानले सोही अवसरमा भलिबल प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरेको छ ।

घरेलु भलिबल प्रतियोगिताहरुमा उच्च प्रदर्शन गर्दै आइकी प्रतिभाले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ३.५ ग्रेड ‘ए’ मा उत्तीर्ण गरेकी थिइन् । खेलसँगै पढाई मा पनि अब्बल नतिजा ल्याएको भन्दै खुसी व्यक्त प्रतिष्ठानले ५० हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको थियो ।
यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै शैक्षिक क्षेत्रलगायत महिला भलिबलको विकास र विस्तारका साथै खेलाडी उत्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै प्रशिक्षक राईलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मानित भएका हुन् ।
प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाईलाई सँगसँगै अगाडि बढाउन प्रोत्सान मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए । यसैगरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका राईले महिला भलिबलको क्षेत्रमा पु¥याएको अतुलनीय योगदानका लागि सम्मान गरेको बताए ।
राष्ट्रिय खेलाडी प्रतिभा र प्रशिक्षक राईलाई बहुराष्ट्रिय कम्पनी कन्साई निरोल्याक पेन्ट९ केएनपी० जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सिता खड्कालगायतले सम्मान गरे ।
कार्यक्रममा राष्ट्रिय खेलाडी प्रतिभाले खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै प्रशिक्षक राईले आफू बाचुञ्जेल प्रतिभावान खेलाडी उत्पादनमा लागिरहने वचन दिए । उनले विद्यालयदेखि नै भलिबल खेलको विकास र विस्तारका लागि कर्पोरेट हाउसले सहयोग गर्नुपर्ने धारणा राखे ।
हालको सूर्य विनायक नगरपालिका वडा नं २ तत्कालिन बालकोट गाँउ पञ्चातको १५ बर्ष प्रधानपञ्चदेखि भक्तपुर जिल्ला विकास संगठन सभापति समेत रहेका रञ्जनका पिता शेरबहादुर एक खेलप्रेमी समेत रहेको बताइएको छ । यसकारण उनको नाम आउने पिडीले पनि स्मरण गरोस् भन्नका लागि प्रतिष्ठान स्थापना गरेको अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । १५ बर्षसम्म राष्ट्रिय खेलाडीका रुपमा सक्रिय रहेका रञ्जन खड्का हाल नेपाल भलिबल संघको उपाध्यक्षको रुपमा क्रियासिल छन् । भलिबल खेल र यसका खेलाडीलाई सहयोग गर्नु प्रतिष्ठानले उद्देश्य रहेको खड्काले प्रष्ट पारे ।
प्रतिष्ठानले अहिले सम्म बालकोटमा १ सय ७५ जना जेष्ठ नागरिकलाई सम्मान,पशुपति आर्यघाटमा १ थान शैय्या सेट प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीलाई नगद सहित सम्मान गर्दै आएको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिता तीन पटक आयोजना गरेको प्रतिष्ठान २ बर्षअघि न्यु डायमन्ड एकेडेमी कृपा अधिकारीलाई प्रवेशिका परिक्षा ८९.२५ प्रतिशतका साथ उर्तीण गरेमा प्रष्ठिानले १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।
विभिन्न समयमा सरकारी विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको प्रतिष्ठानले अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीको टिमलाई एक पटक तालिममा रहँदा आवास तथा खानाको व्यवस्था र ट्रयाकसुट प्रदान गरेको जनाएको छ ।
प्रतिष्ठानले अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडी कृपा अधिकारी, प्रतिभा माली, अरुणा शाहीलाई मासिक २ हजार रुपैयाँका दरले २ बर्षसम्म छात्रबृति प्रदान गरिरहेको छ । प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने प्रयोजक सहप्रयोजकलाई पनि खड्काले उक्त अवसरमा धन्यवाद दिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]