8 years ago
July 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबल पछि अब मैत्रीपूर्ण भलिबलका लागि बंगलादेशको पुरुष टोली नेपाल आउने भएको छ । मंगलबारमात्र नेपाल र बंगलादेशको यू २३ टोलीबीच मैत्रीपूर्ण फुटबल भएको थियो । नेपालसँगै भदौंको पहिलो साता मैत्रीपूर्ण भलिबल खेल्न बंगलादेशको राष्ट्रिय भलिबल टोली नेपाल आउन लागेको हो ।
नेपाल भलिबल संघको मैत्रीपूर्ण खेलको प्रस्तावलाई बंगलादेशको भलिबल संघले स्वीकार गरेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए ।
‘हाम्रो लक्ष्य भनेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै राष्ट्रिय टोलीलाई तयार राख्नु हो,’ महासचिव चन्दले भने,‘त्यसैलाई मध्यनजर गर्दै हामी खेलाडीको एक्सपोजरका लागि बढी भन्दा बढी मैत्रीपूर्ण खेल खेलाउन चाहन्छौं । त्यहि अनुरुप हामीले बंगलादेश भलिबल संघलाई प्रस्ताव गरेका थियौं । त्यो स्वीकृत भएको छ ।’
चन्दका अनुसार भदौंको ३ र ४ गते नेपाल र बंगलादेशको राष्ट्रिय भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ । बढी भन्दा बढी खेलाडीलाई अवसर दिने सोच भएकाले नेपालको ‘ए’ र ‘बी’ टिम बनाएर बंगलादेशसँग खेलाउने भन्ने विषयमा पनि संघमा छलफल हुने महासचिव चन्दले सुनाए ।
साउनको दोस्रो साताबाट नेपाली भलिबल टोलीलाई अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेलले दिनेछन् । विजेलले प्रशिक्षण दिएको झन्डै तीन सातापछि नेपालले बंगलादेशको सामना गर्नेछ । विजेल साउन १० गते नेपाल आइपुग्ने यसअघि नै संघले बताएको थियो ।
एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर उन्नतीमा सहयोग पुर्याउने उद्देश्य आफ्ना प्रशिक्षक पठाउन लागेको यसअघि नै संघले जनाएको थियो । विजेलको आतेजाते हवाइ टिकट भने नेदरल्यान्ड्स भलिबल संघले बेहोर्ने जनाइएको छ । काठमाडौं रहँदाको खर्च भने भलिबल संघले बेहोर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]