8 years ago
July 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका विश्वस्तरीय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आइपुग्ने भएका छन् ।
करिब एक महिनाको नेपाल बसाईमा प्रशिक्षक विजलले नेपालमा रहँदा नेपाली भलिबलको विकास तथा पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जानकारी गराएको छ ।
नेपालले आगमी भदौं १३ र १४ गते दुई दिन बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण भलिबल खेल्ने कार्यक्रम छ । प्रशिक्षक विजल त्यही समयसम्म नेपालमा रहने नेपाल भलिबल संघले जानकारी गराएको छ । प्रशिक्षक विजल अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को सहयोगमा नेपाल आउन लागेका हुन् ।
प्रशिक्षक विजलसँगै एफआइभिबी विकास सदस्य तथा नेदरल्यान्ड्स भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेल समेत नेपाल आउने छन् । विजलको भ्रमणको व्यवस्थापन नेदरल्यान्ड्स भलिबल संघले गरेको छ भने एफआइभित्रबीले नेपालमा प्रशिक्षण गर्दाको पारिश्रमिक व्यहोर्ने संघले जनाएको छ । संघले उनको नेपाल बसाईको क्रममा स्थानिय व्यवस्थापन गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]