8 years ago
July 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सम्मान गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको दाहालले आफ्नो कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएकोमा सम्मान प्रदान गरेको संघले जनाएको छ ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मान पत्र हस्तान्तरण गर्दै भलिबल संघका अध्यक्ष मरोञ्जनरमण शर्मा (बायाँबाट तेस्रो ) । साथमा पूर्व खेलकुदमन्त्री दलजीन श्रीपाइली (दायाँ), भलिबल संघका उपाध्यक्षद्वय निरोज मास्के र रञ्जन खड्का (बायाँ)।
लाजिम्पाटस्थित दाहाल निवासमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले दाहाललाई सम्मान पत्र प्रदान गरेका थिए । दाहालको नेतृत्वमा रहेको मन्त्रीपरिषद्ले जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताए । तर त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने उल्लेख गर्दै भने, ‘ राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ ।’ उनले भलिबल विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन् ।
सो अवसरमा दाहालको कार्यकालका खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष शर्माले दाहालको कार्यकाल भलिबलका लागि स्वर्णीमकाल भएको र आउने दिनमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गरे । सो अवसरमा संघका उपाध्यक्षद्वय निरोज मास्के, रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायत पदाधिकारीको उपस्थिति थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]