default_image

8 years ago

August 4, 2017

‘प्रेम प्रस्ताव आएपनि खासै वास्ता गर्दिन’ – भलिबलकी मन्जुसँग १२-२७ कुरा

334 views

0 Bookmark

पोखरा – रहरै रहरमा ९ बर्षको देखि भलिबल खेल्न सुरु गरेकी पोखराकी मञ्जु गुरुङका लागि भलिबल लत जस्तै हो । भलिबल छाडेपछि के गर्ने योजना छ भन्दा उनीसँग त्यसको प्रष्ट जवाफ छैन । ‘खासै अरु सोचेकी छैन’ उनले भनिन्,‘जहिले सम्म सकिन्छ खेल्ने नै हो । खेल्न मजा लाग्छ ।’ झन्डै दुई दशक देखि भलिबलमा रहेकी उनलाई नाम र केही हद सम्म दाम दिएको छ । लुम्बिनी बैंकमा जागिर पनि त्यहि भलिबलका कारण मिलेको थियो । फेर्केर हेर्दा भलिबलमा लागेर पछुताउनु पर्ने कारण देख्दिनन् । तर, पनि अहिले नयाँ खेलाडी सोचे अनुरुप आउन नसक्दा भने भलिबल विकास सोचे जस्तो नहोलाकी भन्ने शंका पनि गर्छिन् ।

‘हाम्रो समयमा खेलाडी धेरै हुन्थ्यौं । प्रतियोगिता कम हुन्थ्यो’ उनले सुनाइन्,‘अहिले प्रतियोगिता धेरै हुन्छ । तर, नयाँ खेलाडी कम छन् । हाम्रो पश्चिमाञ्चलमा पहिलो धेरै खेलाडी थियौं । अहिले टोली पुराउनै मुस्किल हुँदैछ ।’ २०६६ मा पल्सर स्पोर्टस अवार्डमा पपुलर प्लेयर अफ दी एयर अवार्ड जित्नुलाई खेल जीवनकै एउटा महत्वपूर्ण पाटो मान्ने मञ्जुले अन्य व्यक्तिगत पुरस्कार पनि थ्रुपै जितिसकेकी छिन् । गत बर्ष माल्दिभ्समा व्यवासयिक रुपमा क्लब भलिबल खेल्न अवसर जुट्नु पनि उनी खेल जीवनलाई अर्थपूर्ण मान्छिन् । ‘भलिबलमा त्यो पनि विदेशमा गएर खेल्ने अवसर मिल्नु भनेको राम्रै हो ’ उनले थपिन्,‘लगातार खेलमा लागि रहँदा अवसर पनि पाइन्छ भन्ने नयाँ खेलाडीले पनि बुझ्न जरुरी छ ।’

सन् २००६ नेपालले दक्षिण एसियाली खेलकुदमा कास्य पदक जित्दा मञ्जु टोलीको सदस्य थिइन् । एक दशकपछि फेरी सागमा समावेश हुँदा उनी टोलीको उपकप्तान थिइन् । पछिल्लो पटक पनि नेपालले कास्य पदक जितेको थियो । मञ्जु पछिल्लो दुई पटक कास्य पदक जित्दा टोलीको सदस्य रहनुलाई गर्वको क्षण मान्छिन् ।

केही महिनाअघि सरकारले भलिबललाई राष्ट्रिय मान्यता दिदा एकदम खुसी लागेको सुनाउँदै उनले भनिन्,‘अब भौतिक पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा ध्यान दिने हो भने भलिबलमा हामीले प्रगती गर्न सक्छौं । क्रिकेट,फुटबल, मार्सल आर्ट जस्ता लोकप्रिय खेल पनि थिए । तर, भलिबललाई सरकारले मान्यता दिदा खुसी लागेको छ । सरकारले लगानी पनि त्यही अनुसार बढाउने हो भने आउने दिनमा भलिबलको विकास हुन्छ भन्ने आशा लागेको छ ।’ उनै गुरुङसँग हाम्रो खेलकुद डट कमले गरेको १२–२७ कुरा:

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– ९ वर्षको उमेरमा खेल्न सुरु गरेको हुँ।

२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो?
– १२ वर्षको उमेरमा पश्चिमाञ्चलबाट खेल्दा पहिलोपटक मेडल जितेको थिएँ। त्यसबेला उक्त अन्तिम सेटमात्र खेल्न पाउँदा निकै डर लागेको थियो। पछि जित्दा भने निकै खुशी लाग्यो। त्यसबेला खुशीले पनि आफैंलाई भलिबल खेल्न प्रोत्साहन मिल्यो।

३. भलिबलमा कसरी लाग्नु भयो?
– हाम्रो स्कुलमा सिनियर दिदिहरु खेलिरहेको देख्दा आफुलाई पनि खेल्ने इच्छा जाग्यो। स्कुलले विभिन्न प्रतियोगिताहरुमा सफलता पाएको देखेपछि खेलाडी बन्छु भन्ने भयो।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– सामसुङ एस ८। बजार मूल्य ९८ हजार रुपैंया।

५. कुन बाइक चढ्नु हुन्छ र मूल्य?
– रोडियो स्कुटर। बजार मुल्य १ लाख ५० हजार रुपैंया।

६. बार्षिक कति कमाउनु हुन्छ?
– बैंकको जागिर र खेलबाट गरेर सालाखाला ४ लाख हुन्छ।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– एयर होस्टेस बन्थें होला, मैले प्रशिक्षण कोर्ष पनि लिएको थिएँ।

८. शैक्षिक योग्यता कति छ?
– ब्याच्लर गर्दै छु।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– खासै फिल्म हेर्ने रुची छैन। पछिल्लोपटक ट्युबलाइट हेरेको थिएँ।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– सलमान खान र दिपिकी पादुकोण।

११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– अरिजित सिंह र सुनिधि चौहान।

१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– कुटु मा कुटु (२ रुपैंया फिल्मको)।

१३. सिंगल हुनुहुन्छ?
– अँ सिंगल नै छु।

१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
– कोर्षको बाहेक अन्य किताब पढ्ने गरेको छैन।

१५. अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
– ७ देश घुमेको छु। सबे़ैभन्दा मन परेको हङकङ।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– जन्मभुमि माछापुच्छ्रे र पोखरा।

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– दाल र भात (नेपाली खाना)।

१८. खाना बनाउनु हुन्छ? आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
– आउँछ बनाउन। मैले पकाएको चिकेन धरैलाई मनपर्छ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउछ?
– ठिकठिकै चलाउँछु। प्रेम प्रस्ताव अलि अलि आउँछ तर म यसै टारीदिन्छु।

२०. पहिलो कमाई के गर्नु भयो?
– सन् २००६को दक्षिण एसियाली खेलकुदको क्याम्पमा रहँदा साताको १५ सय रुपैंया पाएको थिएँ। त्यो पैसा आमालाई दिएँ।

२१. खेल जीवनमा सबैभन्दा खुशी भएको क्षण?
– वि.सं. २०६६मा एनएसजेएफ स्पोर्टस अवार्डमा पपुलर प्लेयर अफ द इयरको उपाधि जित्दा एकदम खुशी लागेको थियो।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– घर बसेर टिभी हरेरै बित्छ।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– एयर होस्टेस बन्ने ठुलो चाहना थियो। त्यसको लागि प्रशिक्षणमा पनि सहभागी भएको थिएँ तर २ महिनापछि पोखरा फर्किनु पर्यो। त्यसपछि फेरी निरन्तरता दिन सकिएन र भलिबललाई नै प्राथमिकता दिएँ।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि र आशालाग्दो खेलाडी?
– अरुणा शाही र म पश्चिमाञ्चलमा पनि सँगै खेल्छौं। राष्ट्रिय टोलीबाट प्रतिभा मालीको भविष्य उज्जवल छ।

२५. सबैभन्दा मनपर्ने बिदेशी टोलि र खेलाडी?
– पुरुषमा इटालीको इभान र महिलामा जापानकी किमोरा साओरी।

२६. नेपाली खेलकुदको स्तर के गरेर बढ्ला?
– भौतिक पूर्वाधार विकासमा बढावा दिने र प्रतियोगितालाई अझै स्तरिय बनाउने। सरकारले खेलकुद र खेलाडीलाई विशेष ध्यान दिनुपर्यो।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– सधै मलाई र खेलकुदलाई माया गर्दिनुस। समर्थकहरुको हौसलाले हामीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.