default_image

8 years ago

August 22, 2017

वर्षाले पश्चिमाञ्चल एपिएफको खेल स्थगित

162 views

0 Bookmark

पोखरा (हाम्रो खेलकु्द)– खेल दौरान अत्याधिक वर्षा भएपछि पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबबीचको समूह चरणको स्थगित भएको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी स्कुलको खेल मैदानमा मंगलबार एपिएफले १४–४ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो ।

त्यसपछि वर्षा नरोकिएपछि खेल पुन सुचारु हुन सकेन । मंगलबार स्थगित भएको खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ । यता, मंगलबार बिहानै भएको समूह ‘बी’ को पहिलो खेलमा पश्चिमाञ्चलले काठमाडौंको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–१५, २५–१७ र २५–२३ को सहज जित निकाल्यो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरको पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु इन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुनेछ ।

काठमाडौं नैकापको शिवम न्यू डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । डायमण्डले दोस्रो संस्करणदेखि पाँचौ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको थियो । नेपाल एपिएफ क्लबले पहिलो संस्करणको उपाधि जितेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.