8 years ago
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा डिस होम नेटवर्कको सह प्रायोजनले निरन्तरता पाएको छ । डिस होमले नेपालको पहिलो खेलकुद च्यानल डिस होम एक्सन स्पोर्टसमार्फत सहकार्यलाई अघि बढाउन लागेको जनाएको छ ।
डिस होम स्पोर्टस एक्सनले २ लाख ५० हजार नगदसहित झन्डै ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गर्ने बताएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य ले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
डिस होमको डिस होम एक्सन स्पोर्टसले ८ विधाका विजेतालाई डिस होमको सेट अप बक्स र एक बर्षसम्मको रिचार्ज कार्ड प्रदान गर्नेछ । त्यस्तै पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीलाई एसएमएसमार्फत भोट गर्ने मध्येबाट गोलाप्रथाबाट छनोट गरिने पाँच जनालाई पनि सेट अप बक्स र एक बर्षसम्मको रिचार्ड कार्ड प्रदान गर्ने जानकारी गराइएको छ ।
पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते प्रज्ञा भवनमा आयोजना हुनेछ । अवार्डको पिपुल्स च्वाइस अवार्डको एसएमएस भोटिङका लागि भने यसअघि पाँच खेलाडीको नाम यसमा सार्वजनिक गरिसकेको छ । जसमा जुडोकी फुपु ल्हामु खत्री, एथलेटिक्सकी कान्छिमाया कोजु, पौडीकी गौरिका सिंह, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र फुटबलका सुजल श्रेष्ठ मनोनयनमा परेका छन् ।
यसबर्षको पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसम्मानित गर्ने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । उत्कृष्ट महिला,पुरुष, युवा र प्रशिक्षकको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।
२०६० सालदेखि निरन्तर आयोजना भएको स्पोर्टस अवार्डको यो १४ औं संस्करण भएको मञ्चले बताएको छ । अघिल्लो वर्ष वर्ष उत्कृष्ट पुरुष खेलाडी फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडी जुडोकी फुपुल्हामु खत्री, उत्कृष्ट युवा खेलाडी फुटबलका अञ्जन विष्ट, वर्षका प्रशिक्षक फुटबलका बालगोपाल महर्जन, पिपल्स च्वाइस अवार्ड विजेता टेबल टेनिसकी नविता श्रेष्ठले जितेकी थिइन् ।
त्यस्तै पारा एथलिट तेक्वान्दोकी सीता भण्डारी र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलका श्रीराम रन्जितकार, स्पेशल अवार्ड स्व. ललितकृष्ण श्रेष्ठ (मरणोपरान्त) ले प्राप्त गरेका थिए । टिम अफ दी इयरको उपाधि नेपाल क्रिकेट टिमले पाएको थियो ।
हंस राज हुलास चन्द एन्ड कम्पनीले लामो समयदेखि मुख्य प्रायोजन गर्दै आएको अवार्डलाई डिस होम एक्सन स्पोर्टस, सूर्य नेपाल, रुस्लान फुटबल, सहास स्पोर्टस्, रोयल सिंगी होटल, टिएचटी लाइभ, राष्ट्रिय खेलकुद परिषद्, एभिन्यूज टेलिभिजन साझेदारका रुपमा रहेका छन् । एभिन्यूजले अवार्डको प्रत्यक्ष प्रसारण गर्ने मञ्चले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]