8 years ago
August 23, 2017
पोखरा (हाम्रो खेलकु्द)– शिवम् न्यू डायमण्ड एकेडेमी छैटो रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी विद्यालयको मैदानमा जारी प्रतियोगिताको आज भएको सेमिफाइनलमा पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम दुईमा पुगेको हो ।
अर्को सेमिफाइनलमा दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ ।
काठमाडौं नैकापको शिवम न्यू डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । डायमण्डले दोस्रो संस्करणदेखि पाँचौ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको थियो । नेपाल एपिएफ क्लबले पहिलो संस्करणको उपाधि जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]