default_image

8 years ago

August 26, 2017

मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा डेनिस क्लबसँग भएको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको मैत्रीपूर्ण भलिबलमा नेपालले डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

डेनिस क्लबविरुद्ध सर्ट प्रहार गर्दै नेपाली खेलाडी (सेतो जर्सी )। तिस्बर-बिबेक सुवेदी/हाम्रो खेलकुद

पहिलो सेट १७–२५ ले गुमाएको राष्ट्रिय भलिबल टिमले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकालेको हो । दोस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि दुई सेट क्रमश: २५–२३ र २५–२३ ले जित्यो ।

नेपालले यसैसाता बंगलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेल भदौ १३ र १४ गते सोही कभर्ड हलमा हुने नेपाल भलिबल संघले जनाएको छ । झन्डै एक महिना डेनिस प्रशिक्षक म्यान भान विजलले प्रशिक्षण दिएयता नेपाली टोली पहिलो पटक मैत्रीपूर्ण खेलमा उत्रदैछ । डेनिस प्रशिक्षक विजल भने केही दिनअघि स्वदेश फर्किसकेका छन् ।

नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल भएको हो । यसअघि नेपाली राष्ट्रिय भलिबल टोली डेनमार्क पुगेरै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यतिबेला नेपाल पराजित भएको थियो ।

डेनिस क्लब भिडओभ्र क्लबसँग खेल्नुअघि नेपाली भलिबल टोली ।

नेपाली खेलाडीको प्रहार रोक्ने प्रयासमा डेनिस खेलाडी (रातो जर्सी)।

रेफ्रीलाई बल हस्तान्तरण गर्दै युवा तथा खेलकुद मन्त्री राजन केसी (दायाँ) ।

नेपाल र डेनिस क्लबको मैत्रीपूर्ण खेल हेर्दै पूर्व भलिबल खेलाडी कलाकार सिपोरा गुरुड ।

 

तिस्बरहरु-बिबेक सुवेदी/हाम्रो खेलकुद

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.