8 years ago
August 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश प्रसाद भट्टले बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालको भलिबलको स्तर बढाउने अवसरका रुपमा लिएको बताएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुईवटा मैत्रीपूर्ण खेलको पूर्व सन्ध्यामा भट्टले यस्तो भनेका हुन् ।
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भट्टले नेपाल र बंगलदेशको स्तर समान भएकोले एकअर्कासँगको प्रतिस्पर्धाले स्तर बढाउन मद्दत ल्निे विश्वास व्यक्त गरे । उनले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा निकाल्न प्रयास गर्ने बताएका छन् । दुवै खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालि केन्द्रमा रहेको कभर्ड हलमा हुनेछ ।
‘हामीले पछिल्लो समय धेरै सकारात्मक सफलता हासिल गरेको छौं । नेदरल्यान्ड प्रशिक्षकको सहयोगले टिमको कमजोर सुधार गर्न सहयोग गरेको छ ’ प्रशिक्षक भट्टले भने, ‘तीन हप्ताको प्रशिक्षणले टिममा धेरै सुधार गर्न सकिन्न । तर, हामीले यो अवधिमा टोलीको कमजोर पक्ष रिसिभ र ब्लक सुधार गर्न केन्द्रित भयौं । बंगलादेशविरुद्ध यो सुधार पक्कै देखन्छ ।’
नेपाली टोली कप्तान इम रानाले मैत्रीपूण खेल भएपनि जितको लागि खेल्ने बताए । ‘हामी सेन्ट्रल जोन भलिबलमा बंगलादेशसँग हारेको थियौं । यस अवधिमा हामीले धेरै सुधार गरेका छौं ’ कप्तान रानाले भने, ‘मैत्रीपुर्ण खेल भएपनि सेन्ट्रल जोनमा भोगेको हारको बदला लिने प्रयास गर्नेछौं ।’ कप्तान रानाले बंगलादेश र नेपालको स्तर समान भएकोले जित हासिल गर्न कठिन नहुने बताए ।
बंगलादेशका इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न खेल्न पाउनुलाई सुखद अनुभवको रुपमा लिएको बताए । ‘नेपाललाई हामीले यसअघिको खेलमा हराएको थियौ । तर, अहिले अवस्था फरक छ ’ प्रशिक्षक अलीले भने, ‘नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । दुवै टिमको स्तर समान छ । जित हासिल गर्ने हाम्रो प्रयास रहनेछ ।’
बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपूर्ण खेलको लागी पर्याप्त तयारी गर्न नपाएपनि जित्नको लागी खेल्ने बताए ।
‘केही प्राविधिक कारणले खेलाडीको स्वास्थ्यमा केहि असर गरेको छ । हामी त्यसबाट अगाडी बढ्दै नेपालसँग खेल्न तयार भैसकेको छौं ’ कप्तान हैदरले भने, ‘फेरि एकपटक नेपालसँग खेल्ने मौका मिलेको छ । नेपालको केही खेलाडी राम्रो छन् । उनीहरुलाई हामी कमजोर रुपमा लिएको छैनौ ।’
नेपाल र बंगलादेशले पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा आमने सामने भएको थिए । त्यो खेलमा नेपाल पराजित भएको थियो ।
रानाको नेतृत्वमा नेपालले बंगलादेशविरुद्ध पछिल्लो तीन खेल खेलेको छ । त्यसमा नेपालले २ जित र १ मा हारको सामना गरेको छ । नेपालले आइतबार डेनमार्कको ‘ए’ डिभिजन क्लब भिडओभ्रलाई ३–१ ले हराएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]