8 years ago
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो । पहिलो खेल मंगलबार नेपालले ३–१ ले जितेको थियो ।

पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली टोलीको रिसिभ कमजोर रह्यो । बंगलादेशी खेलाडीको सहज सर्भिसमा पनि नेपाली खेलाडीले रिसिभ खराब गरे । नेपालले सेटमा अग्रता बनाउँदा नेगेटिभ पोइन्टबाट सेट पछि परे । समग्रमा नेपाली खेलाडीबीच तालमेलको निकै अभाव देखिएको थियो ।
नेपाली टोलीले स्पाइककै भरमा पाँचौँ सेटमार्फत जित निकाल्यो । पहिलो मैत्रीपूर्णमा जित निकालिसकेको नेपाली टोलीले सहजै खेल आफ्ना पक्षमा पार्ने आंकलन गरिएपनि घरेलु टोलीले निरासलाग्दो प्रदर्शन गरे । तर नेपाली टोलीका प्रशिक्षक जगजिश भट्टले अनुमान गरे जस्तो खेल सहज भएन । उनले सोझो सेटमा जित्ने अनुमान गरेका थिए । तर , टोलीले अन्तिम सम्म संघर्ष गरेर जित हासिल गरेको थियो ।
नेपालले खेल अन्तत ः १९–२५, २५–२३,२०–२५,२५–२२ र १५–८ ले जितेको थियो । नेपालका लागि कुलबहादुर थापाले पुनः उत्कृष्ट प्रदर्शन गरे । उनले कुल २८ अंकको महत्वपूर्ण योगदान दिएका थिए । कुलबहादुर असफल हुदा ८ अंक बिपक्षले प्राप्त गरेको थियो । नेपालका अन्य स्पाईकरले दोहोरो अंक छुन सकेनन् । यद्दपी सेटरको रुपबाट कप्तान इम रानाले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । ।
नेपालका लागि निकै आशा गरिएको स्पाइकर मानबहादुर श्रेष्ठको प्रदर्शन सन्तोषजनक हुन सकेन । पाचौँ सेटमा बंगलादेशी खेलाडीले नेपाली रेफ्री चन्द्रा बन्दना राईको निणयमा पटकपटक असन्तुस्टी जनाए । खेलपश्चात बंगलादेशका प्रशिक्षक अलि पौउर एरोजीले प्रतिक्रिया समेत दिन मानेनन् । नेपालका प्रशिक्षक जगदिश भट्टले नेपाली खेलाडीले आशा गरे अनुरुप प्रदर्शन गर्न नसकेको बताए ।
उनले भने‘ पहिलो सेटमा हाम्रा खेलाडीको रिसिभ निकै खराब रह्यो । त्यसैले पहिलो सेट गुमाएपछि थप दबाब परे । त्यसमा बंगलादेशी खेलाडीले पनि हिजो भन्दा निकै राम्रो प्रदर्शन गरे । यद्यपि,हामी समालियौँ । त्यसैले जित आत्मसात ग¥यौँ ।’ नेदरल्यान्ड्स प्रशिक्षकबाट एक महिने प्रशिक्षण लिएको नेपाली टोलीले यसअघि डेनमार्कको घरेलु क्लबसँगको मैत्रीपूर्ण खेलमा समेत जित निकालेको थियो ।
नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीका लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । सरकारले जेठमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि मैत्रीपूर्ण खेल तय गरेको थियो । यो सँगै नेपालले अहिले सम्म बंगलादेशसँगका ५ मध्ये ४ खेलमा जित दर्ता गरेको छ भने अर्को एउटामा हार बेहोरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]